Posts

Showing posts with the label समाज

Raute : Nomads of western Nepal (Photo feature)

Image
Raute People Raute are the nomadic   Tibeto-Burman  ethnic group officially recognized by the  Government of Nepal . They are known for subsistence hunting of  langur  and  macaque  monkeys. They eat monkey meat. They gather wild forest  tubers , fruits, and greens on a regular basis. To obtain grain, iron, cloth, and jewelry, they carve wooden bowls and boxes to trade for goods from local farmers. They do not sell other forest products,  bushmeat , or forest medicinal plants.  Their population is estimated at about 650 persons living in small settlements in the  Karnali  and  Makahali  (Kali)  watershed  regions of western Nepal. Most have been forcibly settled by the government of Nepal but there are about 150 nomadic Raute.  Head of the community is known as 'Mukhiya'. Mukhiya has all power related to community.  They change there placement or they leave ther...

८३ झ्याल र ५३ ढोका भएको राणाकालीन गर्भा दरबार जीर्ण

Image
कैलालीको खैराला गाविसमा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बनेको छ । विक्रम संवत १९८४ सालमा खड्क शम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो । राणाकालिन दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिन सकेका छैनन् । दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ ।  दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावनासमेत रहेको छ तर संरक्षण र पर्यटकीय रुपमा विकास गर्न पहल भएको देखिँदैन । स्थानीय बासिन्दाले ऐतिहासिक दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् । खैराला-३, का दुर्गाप्रसाद ढुंगानाले दरबार दिन प्रतिदिन भत्किने क्रममा रहेको बताए । उनले कतिपय भाग भत्किएको उल्लेख गर्दै संरक्षणका लागि पहल नभएको गुनासो गरे । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यकीय संभावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको उनको भनाई छ । केही वर्षअघिसम्म गर्भा दरबाटबाट गाविस कार्यालय सञ्चालन गरिँदै आएको थियो । दरबारक...

आर्थिक विकासको आधार बन्न सक्छ घोडाघोडी

Image
टेकराज आचार्य  जैविक बिविधताले धनी,सुन्दर,अनुपम ,धामिर्क ,सास्कृतिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र हो घोडाघोडी । कैलाली जिल्लाको मध्वर्ती क्षेत्रको घोडाघोडी नगरपालीका भित्र अबस्थीत घोडाघोडी ताल समुन्द्र सतह वाट २०५मि उचाईमा तथा विश्व मान चित्रमा हेर्ने हो भने २८डिग्री४१मि ०३ से.उत्तर र ८०डिग्री ५६ मि.४३ से.पुर्व सम्म फैलिएको छ । नेपालको तराई जिल्लाको सबैभन्दा ठुलो प्राकृतिक ताल को रुपमा प्रसिद्ध घोडाघोडी तालको वारेमा स्थानिय बासिन्दाको आ आफ्ना अड्कल र जन विश्वास रहेको पाईन्छ । परापुर्व कालमा यस क्षेत्रमा थारुहरुको बस्ती थियो,एक दिन थारुको मुखीयालाई सपना भएछ , यो बस्ती एक तालमा बिलय हुदैछ भनेर ,नभन्दै भोलिपल्ट भुईचालोको प्रभाववाट पुरै बस्ती एक तालमा परिणत हुन पुग्यो र घोडाघोडी ताल को उत्पती भयो । त्यस्तै भगवान बिष्णु घोडा र को रुप धारण गरी यस ठाउँमा आई प्राकृतीक सौनदर्यताको आनन्द लिई सयर गरेका थिए लामो समय सम्म बिष्णु बैकुण्ठ नफर्किएकाले लक्ष्मीले ध्यानदृष्टी ले हेर्दा यसै ठाउमा आई बसेको थाहा पाएपछी लक्ष्मी पनी घोडीको भेषमा यसै ठाउँमा आई चर्न लागीन केही समय पछी दुबैको भेट...

धनगढीलाई ‘स्मार्ट सिटी’ बनाइने

Image
सांसद पुष्करनाथ ओझाले धनगढीलाई ‘स्मार्ट सिटी‘ बनाउने प्रतिबद्धता एक वर्षपछि कार्यन्वयनमा आउने बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष आरम्भका अवसरमा आज यहाँ अयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवा नेता ओझाले अत्तरियादेखि धनगढीसम्मको छ लेनको सडक, खुटियादेखि दिपायलसम्मको ‘फास्ट ट्र्याक’, धनगढी उपमहानगरमा सघन सहरी विकास कार्यक्रम, चक्रपथ निर्माण, पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमासम्मका दुई सडक योजना, हुलाकी राजमार्गको बाँकी भागको निर्माण, गेटा विमानस्थल स्तरोन्नति लगायतक पूर्वाधारको काम अघि बढ्न लागेको जानकारी दिनुभयो । रासस Medsynapses

पर्यटक कुरिरहेछन् सुदूरका लोभलाग्दा गन्तब्यहरु (Photos)

Image
काठमाडौं भन्दा धेरै पर सूदुरपश्चिम अथवा सात नम्बर प्रदेश जहाँ पर्यटकीय सम्भावनाका धेरै ढोकाहरु छन्। राज्यले सुदूरलाई ‘सौतेनी’ व्यवहार गरेको कतिपय पर्यटन व्यवसायीहरुको आरोप छ। त्यस्तै लाग्छ त्यति सुन्दर ठाउँहरुमा पर्यटकहरु नदेखिँदा।  नेपालको पर्यटन विकाशको लागि काम गर्ने नेपाल पर्यटन बोर्डले नै सुदूको पर्यटकीय गन्तब्यहरुको उचित प्रचार प्रसार नगरेको व्यवसायीको गुनासो छ। एक त काठमाडौंबाट टाढा, अर्कोतर्फ सडकसहितका पूर्वाधारको अभाव हुँदा ति सुन्दर ठाउँहरु पर्यटकविहीनजस्तै छन्।  केही जोखिम मोलेर जान चाहनेका लागि पनि प्रचारप्रसार नहुँदा ति क्षेत्र पछाडि परेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स अपरेटर्स (नाट्टो) का महासचिव अमर बहादुर शाही बताउँछन्।  शाहीका अनुसार सुदूरपश्चिम जान आन्तरिक भन्दा बाह्य पर्यटकको चासो हुने भए पनि उनीहरुलाई सुदूरका पर्यटकीय स्थानहरुको ज्ञान नै छैन। जसका कारण काठमाडौंबाट सुदूरपश्चिम पठाउन गाह्रो हुने गरेको उनको भनाई छ। सुन्दर पर्यटकीय गन्तब्य मात्र होइन त्यहाँको संस्कृति समेत विशेष भएको हुँदा सबै ट्राभल एजेन्सीहरुले सुदूर पश्चिमलाई प्राथमिकता दिनु पर्...

अगाडी बढ्दै अत्तरिया

Image
माओवादी सशस्त्र द्वन्द्वमा धेरै विस्थापित भए, तिनै विस्थापितको ओइरो लाग्दा अत्तरियाचाँहि विस्तारित भयो । भारत र चीन दुवैतिरको व्यापारिक मार्गमा पर्ने र सुदूरपश्चिम पहाडको प्रवेशद्वार भएकाले अत्तरिया सानोतिनो बजार त उहिलेदेखि थियो । तर, २०६० को दशकमा यसको विस्तार द्रुत गतिमा भयो । अत्तरिया चोक,कैलाली  बसाइसराइका कारण दुई दशकअघि दर्जनजति पक्की घर देखिने अत्तरियामा अहिले पाँच सयभन्दा बढी पक्की घर ठडिएका छन् । व्यापारिक प्रयोजनका ठूलाठूला घर ठडिएका छन, ठडिने क्रम जारी छ । पूर्वपश्चिम राजमार्गले अत्तरियालाई पहिलोचोटी फस्टाउने मौका दियो । पहाडका मान्छेलाई राजमार्गमा यात्रा गर्न पुग्नुपर्ने जक्सन अत्तरिया भयो । कैलाली भन्सारबाट भित्रिने सामान पहाडी भागमा ढुवानी गर्ने मार्गमा पर्छ, अत्तरिया । ६० को दशकमा उत्तरतिर जाने भीमदत्त राजमार्ग बनेपछि अत्तरियाको वृद्धि ह्वात्तै भयो । भीमदत्त राजमार्गले बैतडी, डँडेल्धुरा, दार्चुला, डोटी, अछाम, बजाङ र बाजुराको प्रवेशद्वार अत्तरियालाई बनायो । यसपछि व्यापारिक मार्गमा परे पनि धनगढीको छाया“मा परेको अत्तरियाले गति पायो । माओवादी द्वन्द्वका कार...

टीकापुर पार्क पर्यटकको गन्तव्यस्थल बन्दै

Image
घुम्न जाने पर्यटकका लागि कैलालीको टीकापुरमा रहेको बृहत् उद्यान (टीकापुर पार्क) आकर्षक गन्तव्य बन्न थालेको छ । पार्क छेउमै रहेको कर्णाली नदीको कलकल बग्ने पानी, नदीको छालमा गरिने जलयात्रा (¥याफ्टिङ)को रोमाञ्च र पार्कमा फुलेका झन्डै ४२ प्रजातिका रङ्गी बिरङ्गी गुलाफका फूलले पर्यटकलाई आकर्षित गरेको हो । जिल्लाको पूर्वी क्षेत्रको टीकापुर बजार घुम्न जाने पर्यटकका लागि टीकापुर पार्क पहिलो रोजाइमा पर्ने गरेको छ । पर्यटकको गतिविधि बढेसँगै पार्कको यहाँको आम्दानीसमेत वृद्धि हुन थालेको छ । विगत दुई हप्ताभित्र मात्रै प्रवेश शुल्कबाफत झन्डै रु आठ लाख आम्दानी भएको पार्कका प्रमुख अर्जुन कुँवरले राससलाई बताउनुभयो । पार्कमा हरेक वर्ष कात्तिकदेखि जेठसम्म आन्तरिक र सार्क मुलुकका पर्यटक घुम्न आउने गर्छन् । तिहार पर्व सकिएसँगै यतिबेला देउसी भैलो खेलेर सङ्कलन भएको रकमबाट वनभोज खानेहरुको पार्कमा बढी घुइँचो लागेको छ । विसं २०२८मा स्थापना गरिएको यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ । टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक मह...

धामीझाँक्री, हाम्रो समाज र हामी

Image
हाम्रो समाजमा खास गरी सुदूरपश्चिममा प्रचलित धामीझाँक्री प्रथाले समाजमा पारेको असर बारे मैले महसुस गरेका केही कुराहरु बारे लेख्न गैरहेको छु । खास गरि बैतडी को सन्दर्भमा भन्नू पर्दा, बैतडीको सबै जसो मन्दिरमा एक एक जना धामी रहने प्रचलन रहेको छ । खास गरि धेरै पहिले जब औपचारिक संस्थाको रूपमा कुनै न कुनै देवताको नामले मन्दिरहरुको स्थापना भैसकेको थियो तेति बेला गाउँ ठाउँको सबै जसो पक्षमा आपसी छलफल गर्ने मञ्च नै मन्दिर रहेको थियो। आजभोलिको जस्तो गा वि स , समूह, सहकारी , उपभोक्ता समिति, आमा समूह, बि व्य स , जस्तो मान्छे एकठाँउमा भेटघाट गर्ने मन्दिर बाहेक अन्य कुनै निहु थिएन।  महामल सिंह साँउद  मन्दिरमा स्थानीय बुद्धिजीवी पुजारीको रूपमा, एक जना भण्डारण तथा कोष हेर्ने भंडर्या, गाउँ समाजको अगुवा एक जना मुखिया लाई मन्दिर को मुख्य ब्यक्ति को रुपमा मुखिया को पद सिर्जना गरिएको अवस्था होला । कहिलेकाही मन्दिर सम्बन्धि तथा गाउँ ठाउँका साना तिना समस्या तथा वादविवाद , झैझगडा छिनोफानो गर्न अप्ठ्यारो पर्दा धर्म कचहरीको रूपमा रहेको मन्दिर सित संबंधित व्यक्तिहरुको सहयोग पनि लिने अवस्था आएको ...

घोडाघोडी तालको छेउमा उभिँदा

Image
मेरो देश प्राकृतिक सम्पदाको देश। तराई, पहाड र हिमालयको देश। हिमनदी र ताल तलैयाको देश। रारा र तिलिचोको गर्भमा स्वर्गको वास छ। फेवाको सौन्दर्य विश्व प्रसिद्ध छ। जैविक विविधताको देश। सांस्कृतिक सम्पदाको देश। सौन्दर्यको उत्कृष्ट वरदान मानिसका लागि मात्रै पर्यटकीय गन्तव्य रहेनछ। पशुपन्छीका लागि पनि उत्तिकै आकर्षक र मोहनीको केन्द्र बनेको छ मेरो देश। यही २०७३ वैशाख ८ गते बिहान ६ बजेतिर धनगढी बजारबाट निस्कें। अत्तरियाबाट गाडी पूर्व मोडियो। कर्णाली पुगेर बिसाउने उतै बिहानको खाजा खाने र कोहलपुर खाना खाने योजना छ।  गाडी करिब ५३ किलो मिटरको दूरी पूरा गरेर घोडाघोडी नगरपालिका पुग्यौं। घोडाघोडी तालको छेउ पुगेपछि गाडी रोकियो। म हतारमा गाडीबाट झरें। र, तालको डिलमा उभिएँ। त्यसको चारैतिर आँखा लगाएँ। घोडाघोडी तालको यो भव्यतासित अहिलेसम्म परिचित हुन नसकेकोमा मनमनै लज्जा बोध भयो। जेनेभा तालको फन्को मारेर रमाएँ। बर्माको राजधानी नापिताओस्थित होटल परिसरको तालको किनारमा साँझ बिहान एक हप्तासम्म बसेर ढुंगा फालेँ। तरङ्ग र छाल हेरेर उतै टोलाएको केही समय मात्रै भएको छ। समुद्री किनारमा रहेको श्रीलंकाको एक...

गौरा पर्बले सम्झाउने निरौली दरबार जिर्ण बन्दै

Image
सुदूरपश्चिमको गौरा पर्वमा चैत धुमारीले सम्झाउने मल्लकालीन दरबार उचित संरक्षण तथा सम्बद्र्धन नगरिदा जिर्ण बन्दै गएको छ । उक्त मल्लकालीन धरमकोट दरबारको समयमै उचित संरक्षण नगरिदा दिनानु दिन जिर्ण हुदै तथा भत्किदै गएको स्थानियबासीहरु बताउछन् । गौरापर्बको बेला ७ दिन सम्म यसै दरबार तथा राजा र भागेश्वर देबताका बारेमा रचिएका गित र चैत गाईने गरीन्छ ।  कलात्मक ढंगकोे उक्त दरबार निमार्ण गरिदा स्थानिय जनता बाट संकलन गरिएको मास पिसि गाह्रो बनाएको र त्यसै गाह्रो बाट दरबारका नौ तला निमार्ण भएको निरौलीका स्थानिय सुरेन्द्र बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ‘सुदूरमा गौरा पर्ब आउने बेलामा मात्र यो दरबारका बारेमा कुरा गरिन्छ बाँकी समय कोही केही बोल्दैनन् ।’ करिब सय बर्ष भन्दा पहिले निरैपाल राजाले आफनो शासनकालमा निमार्ण गरेको उक्त दरबार नाघी मल्ल राजाको शासन कालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर सो ठाउ लाई निरौली गाबिसको नाम राखिएको किम्बदन्ति रहेको निरौका अर्का स्थानिय हेम हमालले बताउनु भयो । मल्लकालीन समयमा राजा नाघि मल्ल र सोही ठाउमा रहेको भागेश्वर देबता बिच को ठुलो भन्ने बिषय...

मग्मगाउँदो टिकापुर

Image
फूलैफूलको बगैंचा सहर। जसरी त्यहाँको पार्कमा थरिथरिका फूल फूल्छन्, त्यसैगरी नगरमा विभिन्न जातजाति बसोबास गर्छन। त्यस हिसाबले सिंगो टीकापुर सुन्दर फूलबारी हो। घुम्न लायक गन्तव्य। घुम्ने धेरै चिज छन्। टीकापुरको पहिचान नै पार्क। त्यसबाहेक कर्नाली नदी, थारु बस्ती, बनाना रिसोर्ट, रानी महल, टाउन प्लानिङ आदि हेर्ने कुरा छन्। नजिकै मोहना खोलामा डल्पि्कन डुबुल्कि मार्छन। राम्रा होटल खुलिरहेका थिए। घुमन्ते माझ टीकापुरको मार्केटिङ भैरहेको थियो। पर्यटनको घाम छिप्पिँदै थियो। तर, नसोचेको भयो ७ भदौ ०७२ मा। त्यो दिन टीकापुरमा आन्दोलनकारीबाट प्रहरीका सेती अञ्चल प्रमूख लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र १ बालकको ज्यान गयो। नगर अशान्त बन्यो। लामो समय त्रासमा बाँचे स्थानीय, चाहे ती पहाडे हुन या थारु। आज टीकापुर शान्त छ। तर, त्यहाँ पर्यटक छैनन्। केही दिन अघि गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको टोली टीकापुर पुगेको थियो। टोलीमा नाटोका महासचिव अमरबहादुर शाही, पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदी, टानका केन्द्रीय सदस्य संगम शेर्पा पनि थिए। टीकापुर पार्क र बनाना रिसोर्ट घुमेर फर्कियो टोली। रि...

गंगा दशहरा मेला - बेहडाबाबा, कैलाली

Image
बेहडाबाबा मन्दिर सुदूरपश्चिम क्षेत्रको मात्रै नभई नेपालकै चर्चित मन्दिर मध्येको एक हो । जहाँ पति तथा पुत्रलाभको विश्वास बोकेर तिर्थालुहरु आउने गर्छन् । सोचेको काम पुरा हुने भएकैले होला,  मन्दिरमा श्रद्धालुहरुको भीड बढिरहेको पाइन्छ ।  बेहड़ाबाबा  मन्दिर, कैलाली  धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरस्थित बेहडाबाबा शिव मन्दिरमा लाग्ने गंगा दशहरा मेलाको तयारी तीब्र पारिएको छ । हजारौं भक्तजनले दर्शन गर्ने बेहडाबाबा मन्दिरमा यसवर्ष असार १ गते (सक्रान्तिका दिन) गंगा दशहरा पूजा परेको छ । तीन दिनसम्म जारी रहने उक्त मेलामा नेपाल र भारतका हजारौं दर्शनार्थी तथा अवलोकनकर्ताहरुको जमघट हुने गर्दछ ।  पवित्र धार्मिक आस्थाको केन्द्र मानिने उक्त मन्दिरमा वर्षेनी लाग्दै आएको मेलाको तयारी तीब्र पारिएको बेहडाबाबा मन्दिर ब्यवस्थापन सेवा समितिले बताएको छ । समितिका अध्यक्ष खेम चन्दका अनुसार मन्दिरको सरसफाई तथा रंग रोगन, बाटो मर्मत सम्भार, खानेपानी र सुरक्षको व्यवस्थापन कार्य तीब्र गतिमा भैरहेका छन् । त्यस्तै मन्दिरमा दर्शन तथा मेला अवलोकनको लागि आउने दर्शनार्थी तथ...