गौरा पर्बले सम्झाउने निरौली दरबार जिर्ण बन्दै

सुदूरपश्चिमको गौरा पर्वमा चैत धुमारीले सम्झाउने मल्लकालीन दरबार उचित संरक्षण तथा सम्बद्र्धन नगरिदा जिर्ण बन्दै गएको छ । उक्त मल्लकालीन धरमकोट दरबारको समयमै उचित संरक्षण नगरिदा दिनानु दिन जिर्ण हुदै तथा भत्किदै गएको स्थानियबासीहरु बताउछन् । गौरापर्बको बेला ७ दिन सम्म यसै दरबार तथा राजा र भागेश्वर देबताका बारेमा रचिएका गित र चैत गाईने गरीन्छ । 

कलात्मक ढंगकोे उक्त दरबार निमार्ण गरिदा स्थानिय जनता बाट संकलन गरिएको मास पिसि गाह्रो बनाएको र त्यसै गाह्रो बाट दरबारका नौ तला निमार्ण भएको निरौलीका स्थानिय सुरेन्द्र बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ‘सुदूरमा गौरा पर्ब आउने बेलामा मात्र यो दरबारका बारेमा कुरा गरिन्छ बाँकी समय कोही केही बोल्दैनन् ।’ करिब सय बर्ष भन्दा पहिले निरैपाल राजाले आफनो शासनकालमा निमार्ण गरेको उक्त दरबार नाघी मल्ल राजाको शासन कालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर सो ठाउ लाई निरौली गाबिसको नाम राखिएको किम्बदन्ति रहेको निरौका अर्का स्थानिय हेम हमालले बताउनु भयो । मल्लकालीन समयमा राजा नाघि मल्ल र सोही ठाउमा रहेको भागेश्वर देबता बिच को ठुलो भन्ने बिषयमा घम्सा घम्सि (भनाभन) चलेको र राजाले आफु ठुलो भएको जिकिर गरेपछि भागेश्वर देबताले उनको दरबार लगाएत अन्य बस्तुभाउ सबै लाई कम्पन गराई छलदेखाए पछि राजाले भागेश्वर देबता संग माफि मागी तपाई नै ठुलो भनी पुजा गर्न थालेको डोटेली चैत (धुमारी) मा उल्लेख गरिएको निरौली १ का अर्का स्थानिय नरबहादुर बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ‘ तै ठुलो देवता भागेश्वर मै नानौ राजा नागी मल्ल माफी दे देवता तेरै पुजा गर्छु’ भन्ने जस्ता शब्द चैतमा उल्लेख गरिएकाले गौरामा पनि त्यहि गाउदै खेलिन्छ ।’ भग्नाबसेसमा परिणत हुदै गएको उक्त दरबारको माथिल्लो तलामा गएर हेदा सर्प (नाग) देखा पर्ने गरेको र दरबारमा बहुमुल्य सम्पति हुन सक्ने तथा त्यहाँ भएको सर्पको डरका कारण कसैले पनि उत्खनन् गर्ने आट समेत नगरेको स्थानिय बतासीले बताए । 
निरौली गाउको माथी अग्लो रमणिय डाँडामा रहेको उक्त दरबारको समयमै उचित संरक्षण तथा सम्र्बद्धन गरिए त्यहाँको एतिहासिक र पर्यटकिए बिकास हुनेकुरा स्थानियबासी बताउछन् । यतिमात्र नभई मल्ल राजाले प्रयोग गर्ने मगराउ (नाउला,कुवा) पनि जिर्ण बन्दै गएका छन् । त्यस्तै र्बैछनमा रहेको रिसेडी दरबार बाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बिच बाटोमा रहेको घोडालाई दाना पानी दिने ढुंगा तथा फलामका तोपडा पनि संरक्षण नहुदा टुटफुट हुन थालेका छन् । सुदूरपश्चिमको प्रशिद्ध पर्ब गौरामा पनि राजा नाघि मल्ल तथा भागेश्वर देबताका बारेमा रचिएका गित (चैत,धुमारी) गाउने चलन अझै रहेको गड्सेरा स्थित महाकाली माबीका प्रध्यानात्तयापक ज्ञानी प्रशाद ओझाले बताउनु भयो । उहाँले भन्नु भयो ‘आँखै अगाडी देखीने चिज त संरक्षण नहुदा दिनानु दिन लोप हुदैछ गितका रुपमा गाईने चैत,धुमारी पनि लोप नहोला भन्न सकिन्न ।’ पुरातात्विक महत्व बोकेको यहाँको मल्लकालीन दरबारको संरक्षण तथा सम्बद्र्धन गरिदिन स्थानियले सबैमा आग्रह समेत गरेका छन् । 

(Source: Bimal Bista/ Radiounity online)

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी