Posts

Showing posts from May, 2016

ड्रिम फाप्ला

Image
धनगढी सुन्दर सुदूरपश्चिमकै सर्वाधिक महत्वको सहर हो । फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रारम्भले यसकाे महत्व अझै बढाएकाे छ । धनगढी लगायत सुदूरपश्चिमकाे मुहार नै परिवर्तन गरिदिनु बहुप्रतिक्षित फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला नेपाल सरकार, अाम नेपाली जनसमुदाय तथा निजिक्षेत्रकाे साझेदारीमा निर्माण गरिनेछ । फाप्लाकाे निर्माण प्रारम्भसँगै यसैसँग जाेडिएर यस क्षेत्रमा निम्नलिखित विकासनिर्माणका कार्य हुनेछन ।  १) सडक सञ्जालहरु थप जाेडिनेछन । सडक फराकिला अनि स्तरि य बन्नेछन । २) पर्यटनक्षेत्रको व्यापक रुपमा संरक्षण, विकास र विस्तार हुनेछ । ३) अन्र्तराष्ट्रियस्तरको स्वास्थ्य र शिक्षा प्रदाय संस्थाहरु स्थापित हुनेछन् । ४) हाल एअरपोर्टको विस्तार र विकास हुनेछ । ५) ठूलो मात्रामा लगानीकर्ता सुदूरपश्चिममा ओइरिनेछन, ठुला हाेटलहरु खुल्नेछन । ६) प्रत्यक्षरुपमै हजारौं रोजगारको अवसर सृजना हुनेछ । ७) राम्रो अन्र्तराष्ट्रियस्तरको निर्माण गर्ने उद्देश्य राखिएको फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पश्चात नेपाली क्रिकेटको विश्व रंगमञ्चमा दरो उपस्थिति हुनेछ । ८) अन्र्तराष्