ड्रिम फाप्ला

धनगढी सुन्दर सुदूरपश्चिमकै सर्वाधिक महत्वको सहर हो । फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रारम्भले यसकाे महत्व अझै बढाएकाे छ । धनगढी लगायत सुदूरपश्चिमकाे मुहार नै परिवर्तन गरिदिनु बहुप्रतिक्षित फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला नेपाल सरकार, अाम नेपाली जनसमुदाय तथा निजिक्षेत्रकाे साझेदारीमा निर्माण गरिनेछ । फाप्लाकाे निर्माण प्रारम्भसँगै यसैसँग जाेडिएर यस क्षेत्रमा निम्नलिखित विकासनिर्माणका कार्य हुनेछन । 
१) सडक सञ्जालहरु थप जाेडिनेछन । सडक फराकिला अनि स्तरिय बन्नेछन ।
२) पर्यटनक्षेत्रको व्यापक रुपमा संरक्षण, विकास र विस्तार हुनेछ ।
३) अन्र्तराष्ट्रियस्तरको स्वास्थ्य र शिक्षा प्रदाय संस्थाहरु स्थापित हुनेछन् ।
४) हाल एअरपोर्टको विस्तार र विकास हुनेछ ।
५) ठूलो मात्रामा लगानीकर्ता सुदूरपश्चिममा ओइरिनेछन, ठुला हाेटलहरु खुल्नेछन ।
६) प्रत्यक्षरुपमै हजारौं रोजगारको अवसर सृजना हुनेछ ।
७) राम्रो अन्र्तराष्ट्रियस्तरको निर्माण गर्ने उद्देश्य राखिएको फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पश्चात नेपाली क्रिकेटको विश्व रंगमञ्चमा दरो उपस्थिति हुनेछ ।
८) अन्र्तराष्ट्रियस्तरको सहरमा हुने अनेक पूर्वाधार धनगढीमा निजि र सरकारी क्षेत्रबाट निर्माण हुनेछन् ।
९) फलतः छिटै धनगढी अन्र्तराष्ट्रिय सहरमा रुपान्तरित हुदै जानेछ ।
यसरी यो फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला नेपाली क्रिकेटको विकास र सुदूरपश्चिमको समृद्धिको लागि प्रस्थान बिन्दु बन्ने छ, बरदान बन्ने छ ।
आर्थिक वर्ष २०७३/०७४ का लागि झण्डै ११ खरबको बजेट आउने अनुमान गरिएको छ । हामीले फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई राज्य, निजिक्षेत्र, स्थानिय जनता लगायतको संलग्नताबाट आगामी ५ वर्षभित्र झण्डै १ अर्ब ८० कराेडकाे लगानीमा निर्माण गर्ने लक्ष्य राखेका छौं । “सबैको सरोकार सबैको संलग्नता र सहभागिता” को प्रभावकारी माध्यमबाट निर्माण गरिने फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सँगै नेपाली क्रिकेट र सुदूरपश्चिम विकास र समृद्धिको पथमा दौडिने छन् । त्यसैले मात्र १ अर्ब ८० कराेडकाे लगानीमा निर्माण हुने फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अत्यन्तै दूरगामी महत्वको छ ।
यसर्थ सरकारले केही दिनमा प्रस्तुत गर्न लागेको बजेटमा फाप्ला अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजना घोषणा गर्दै दरिलाे उपस्थितीकाे अाशा राखेकाे छु ।

(प्रस्तुत सामग्री ड्रिम फाप्लाका प्रमुख अभियन्ता सुबाश शाहीको फेसबुकबाट लिईएको हो)

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी