Posts

Showing posts from August, 2015

आखिर के का लागि थरुहट वा अखण्ड ?

Image
प्रकाश राज पाण्डेय  अहिले नेपालमा ठाउँठाउँमा जुन जात-जाती र बिभिन्न पक्षहरुले उठएको आन्दोलन छ, मैले बुझ्न नसकेको कुरा त्यो के का लागि आखिर ? अधिकारको लागी अरे, आखिर अहिले सम्म कसलाई कुन अधिकार बाट बन्चित गरेको छ राज्यले ? अहिले सम्म कुनै व्यक्ती विशेषलाई कुनै फरक जात, धर्म भएकै कारणले कुनै अधिकार नदिएको मैले सुनेको छैन। अब मेरै क्षेत्र सुदुर्-पश्चिमको कुरा गर्छु । त्यहाँका थारुको आन्दोलन चरम स्थितिमा छ । आखिर ज्यानकै बाजी राखेर गर्दै आएको आन्दोलन के का लागि ? कोही व्यक्ती थारु क्षेत्रबाट प्रतीनिधित्व गरेकै कारणले कुनै अवसरबाट वन्चित भएको छ जस्तो मलाई लाग्दैन। यदी आर्थीक हैसियतको नै कुरा गर्ने हो भने जानुस अछाम्, बाजुरा, बझाङका गाउँ-गाउँमा, त्यहाँका जनाताको आर्थी क स्थिती कस्तो छ हेर्नुस । त्यहाँ फल्ने कोदो र मकै केवल ६ महिना खान पुग्छ र बाँकी ६ महिना पेट पल्नको लागि भारतका बिभिन्न ठाउँमा गएर आफ्नो ज्यानको बाजी राखेर काम गर्न बाध्य छन त्यहाँका जनता । त्यो कसले देखेको छ? भात मात्रै खान पनि त्यहाँका जनातालाई चाडपर्व कुर्नु पर्छ। खै तिनीहरुको दुई छाक पेटभरी खान पाउने अधिकार ? था