Posts

Showing posts from July, 2013

एड्स बोकेर बाँच्ने बेलुहरुको व्यथा

Image
-भवानी ऐर 
धनगढी, साउन १४ –‘डोटी राम्रो डडेल्धुरा अछाम राम्रो साँफे, मलाई पनि उडाई लैजा हिमचुलीका डाँफे’ यस्तै गीत गाएर बेलुदेवी कामीले बाल्यवस्था पार गरिन् । उनी सानोमा यो गीत खुब मन पराउँथिन् अनि आफूले लगाएको फराक (जामा) लाई हावामा फरर्र फिँजाएर घुमाउथिन् । डोटी र साँफेवगर सम्झाउने गीतले डाँफे जत्तिकै उडेर तराईको प्रचण्ड गर्मी छल्न पहाडका हिमचुली पुग्ने रहर सबैमा जगाउँथ्यो । बेलुले अन्जानमै टिपेको लोकगीतको भाका अब पुरानो भएको छ । अनि अछाम, डोटी र डडेल्धुराको सुन्दरता यतिखेर एकादेशको कथामा परिणत भएका छन । रोजगारीका लागि भारत गएर आउनेहरुले ल्याएको एचआइभी एड्सले कैलालीनै एड्स धेरै भएको जिल्लामा गनिन्छ । सिकारीको तिर लागेर घाइते भएको डाँफेजस्तै कैलाली पनि रोगको ओछ्यान परेको छ । सुदूरपश्चिमको प्रवेशद्धारका रुपमा कैलाली सदरमुकामबाट एक, डेढ घण्टाको सडक यात्रापछि गोदावरी गाविसको ओलानीमा पुगिन्छ ।  पहाडको फेदीमा रङगीविरङगी फूलहरुले सिंगारिएको गोदावरीले जति आगन्तुकलाई स्वागत गर्छ त्यति छिमेकी ओलानीका स्थानीयहरुले गर्न सक्दैनन् । उनीहरु वहिस्कृत छन्, अपहेलित छन् अनि बाँच्ने जीवनबर्षमा स्वप्नवि…

शुक्लाफाँटाको आकर्षण : कृष्णसारको बासस्थान

Image
-चित्रांग थापा, महेन्द्रगर 
बाह्रसिंगाको बिशाल झूण्ड अनि लोपोन्मुख पाटेबाघको बासस्थानका कारण क्षेत्रफलमा सानो आकारको भएपनि छुट्टै पहिचान बनाएको शुक्ला फाटा आरक्षमा अव नौलो आकर्षण थपिएकोछ । कृष्णसारको प्रजाति जोगाउन र संख्या बिस्तार गर्न आरक्षको हिरापुर फाँटामा नेपालगञ्ज नगरपालिकाको मिनि चिडियाखाना र जावलाखेलको सदर चिडियखाना बाट दुई दर्जन बढि कृष्णसार स्थानान्तरण गरिएपछि आरक्षको आकर्षण बढेकोहो ।
पूर्व पश्चिम राजमार्गको अत्तरिया-महेन्द्नगर सडकखण्ड अन्तर्गत झलारी गाविसको उत्तर चुरेफेदीको हिरापुर फाँटा कृष्णसारको नया बासस्थान बन्न पुगेको हो । आरक्षको बिस्तारित क्षेत्रमा पर्ने हिरापुर फाटा अर्जुनी पोष्ट बाट ३ किलोमिटर दुरीमा रहेकोछ । 'चार दशक अघि हालको शुक्ला फाटा आरक्षको संरक्षित क्षेत्रमा कृष्णसार थिया, बिस्तारै लोप भयो' आरक्षका मुख्य संरक्षण अधिकृत युवराज रेग्मीले भने, 'हाल बर्दियाको खैरापुरमा मात्र संरक्षित कृष्णसारको प्रजातिलाइ जोगाएर संख्या बृध्दि गर्न हिरापुरमा स्थानान्तरण गरिएकोहो ।
गत भदौमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको योजना अनुसार अमेरिकी सहयोग निय…

माडा र तिलूठः अछामी मैालिक खाजाको सम्झना

Image
-पूर्ण बन्धन, अछाम, (हाल: कोपनहेगन,डेनमार्क)

चामल भिजाएर मसिनो पारी पिसेको पिठोलाई पानी हालेर पालतो, सेल पकाउनका लागि चाहिने जस्तै घोल बनाउने, तातो तावामा अलिकति घ्यू राखेर त्यो चामलको घोल हाल्ने, पातलो भन्दा पातलो हुने गरी लेस्दै जाँदा लगभग डोसाको बाहिरी भागजस्तो हुने गरी वर्काईफर्काई पकाउने । त्यसरी पकाएको रोटीलाई नेपाल अधिराज्यका विभिन्न ठाउँमा विभिन्न नाम दिईन्छ । मेरो जन्मस्थल अछाममा त्यसलाई माडा भनिन्छ ।

यो विशेष गरी खाजाको रुपमा प्रयोग हुने अछामको निकै प्रख्यात र रुचिकर खाजामा पर्दछ । माडाः तरकारी छ भने तरकारीसंग, नभए विभिन्न खालका चट्नी अथवा अचारका साथ सजिलै खान सकिने परिकार हो । सिलाम, तिल अथवा तिलको पिनाबाट बनाईएको एकप्रकारको मस्यौरा जस्तो अछामी मौलिक परिकार “पिनापानी” नामको अचारजन्य वस्तुका साथ हरियो धनियाँ अथवा हरियो लसुन अथवा हरियो पुदिनाका पात, नुन, टिमुर र खुर्सानीका साथ पिसेको चट्नीका साथ खाईने अछामी माडाको स्वाद, विछट्टै रसिलो र पौष्टिक हुन्छ ।

यूरोपेली तथा अमेरिकी समाजमा लगभग यस्तै स्वरुपको गहुँ अथवा चामलको पिठोबाट बनेको प्यानकेक खाने चलन पनि हुन्छ । यस्तो परिकार प्…

केटाकेटी पो जिम्मेवार

Image
-आनन्दराम पौडेल

असार (२०७०) तेश्रो हप्ताको एक दिन जगदीशजी बझाङ चैनपुरको सडक छेउमा बसिरहेका थिए। परबाट एकहूल मानिस आएको देखेर त्यतै आँखा तन्काए। प्रौढ र युवाभन्दा केटाकेटीको संख्या बढी थियो। एउटा कलिलो केटो अलि अगाडी-अगाडी आइरहेको देखे। केटो मायालाग्दो थियो। कपडा बाक्लो तर मैलो थियो। लामालामा कपाल पनि मैलो नै थियो र अनुहार क्लान्त थियो। पिठ्युँमा गह्रुङ्गो झोला थियो। बाहिरी आवरण जस्तो भएपनि उस्का पाइलामा आत्मविश्वास प्रष्ट झल्कन्थ्यो। जगदीशजीलाइ किन-किन त्यो केटोसँग सम्बाद गर्ने उत्कट चाहना भयो। नजिकै बोलाए, र सम्बाद शुरु गरे। "कहाँका ह्वौ ?" जगदीशले सोधे। "भैरवनाथ गाविस, वडा नं ६, लोतुका ह्वौं।" "नाम के हो तिम्रो ?" "राजेन्द्र बोहोरा।" राजेन्द्रले फटाफट उत्तर दिए। "कहाँ गएर आयाका ह्वौ ?" "यार्सागुम्बु टिप्न गयाका थियौं।" केटोको फटाफट उत्तर दिने शैलीले जगदीश प्रभावित भए। यार्सागुम्बु टिप्ने अनुभव सुन्न लालायित पनि थिए। सँगै खाजा खाने प्रस्ताव राखे र नजिकै होटलमा लिएर गए। राजेन्द्र साँच्चै भोकाएको रहेछ। थपि-थपि खाए। खाजा खाइस…

वाइल्ड वेस्ट : मनमोहक पश्चिम

Image
मध्य तथा सुदूरपश्चिम पर्यटकको त्रिकोणीय नयाँ गन्तव्य  -प्रदीप बस्याल 
पछिल्ला सरकारी तथ्यांकले बर्सेनि विदेशी पर्यटक बढेको देखाउँछन्। तथ्यांकले नदेखाउने पाटो के हो भने तीमध्ये धेरैजसो दोहोर्‍याई-तेहेर्‍याई नेपाल आउँछन्। ट्राभल एन्ड टुर्स अपरेटरहरूको चिन्ता बेग्लै छ, कतिपटक त्यही अन्नपूर्ण सर्किट, पोखरा, चितवन र लुम्बिनी देखाउने? उनीहरू विदेशी र स्वदेशी दुवै खाले पर्यटकका लागि नेपालभित्रै नयाँ गन्तव्यको खोजीमा छन्। प्रचारप्रसारको अभावमा चर्चा बटुलिनसकेका मध्य तथा सुदूरपश्चिमका विभिन्न क्षेत्र सर्वोत्तम विकल्प हुन सक्छन्। धार्मिक पर्यटनदेखि प्राकृतिक तथा सांस्कृतिक रूपमा मध्य तथा सुदूरपश्चिम नेपाल धनी मात्र होइन, उत्तिकै विविधतापूर्ण पनि छ। प्यूठानको स्वर्गद्वारीदेखि बाजुराको बडीमालिकासम्मको झन्डै १० दिने पदयात्रा गजबको हुन सक्छ। उक्त पदमार्ग अनुपम त हुन्छ नै, बीचमा उग्रतारा, भागेश्वर, शैलेश्वरी, खप्तडजस्ता थुप्रै मठमन्दिर एवं धार्मिक स्थलको दर्शन गर्न सकिन्छ। यातायातले सबैतिर राम्रोसँग जोडिन नसकेकाले पनि बाह्य प्रभावबाट बचेको यो क्षेत्र घुम्दा नवीनता अनुभव गर्न सकिन्छ। यस क्षेत्रलाई चिन…

ओझेलमा तिर्थस्थल परशुराम धाम

Image
- डीआर पन्त, डडेल्धुरा
'सबै तिर्थ पटक-पटक परशुरामधाम एक पटक' स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुरामधामको धार्मिक महत्त्व दर्शाउँछ । भगवानका दश अवतार मध्ये परशुराम अवतार भएको उक्त धाम डडेलधुरा को शीर्ष गाविस अन्तरगत महाकाली किनारमा रहेको छ ।
हिन्दू देवीदेवताका तेत्तिसकोटी मठ मन्दिरमध्ये परशुरामधाम मात्र एउटा यस्तो पवित्र धाम हो जस्को संसारमा अन्यत्र कहीं पनि मन्दिर पाइँदैन् । 'सायद कसैले भगवान परशुरामको अर्को मन्दिर भेटाएका होलान्,' अधिकांस हिन्दु तिर्थस्थल धामहरुको भ्रमण गरिसकेका महन्थ लक्ष्मण गिरी धामको महत्व दर्शाउँदै भन्छन, 'जमदग्नी, भृगु र गर्ग ऋषिको तपस्थली रहेको परशुरामधाम यस्तो धाम हो जहाँ साक्षात् ईश्वरको आगमन भएको हो ।' स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागीरी मन्दिर सतीदेवीको पूर्ण अंग पतन पछि भगवान शिवले शशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका हुन् । पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको हो ।  महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढंगा मा बसेर भगवान शिव र बिभिन्न ऋषिहरुले तपस्या गरेको उल…

'सूर्य पनि अस्ताउन मात्र, आउँछ सुदुरपश्चिममा'

Image
गिरिश गिरि
हामी प्रायः सुन्ने गर्छौं, 'भारतले नेपाललाई हेप्छ।' यो आफैँमा बहसको विषय होला। तर, एकपटक महाकालीको किनारै किनार उक्लनु पर्छ, त्यहाँ हाम्रै सिमाना भित्र रहेको एउटा सिंगो भूभागका भोगाइ नजिकै आइपुग्छन्, जसका निम्ति बहसको आवश्यकतै पर्दैन, यसलाई भारतले पनि हेपिरहेको छ र नेपालले पनि हेपिरहेको छ।

महेन्द्रनगरबाट उत्तरतर्फ जान सडक छैन। त्यहिँनिर पारि भारत जाने बित्तिकै बनवासाबाट सुरुहुने पक्की सडक विश्वकै कुनै सम्पन्न मुलुकको स्तर अनुसार बढेको छ। टनकपुरसम्म महाकाली किनारमा संरक्षित जंगलहुँदै अघिबढेको यो बाटो त्यसपछि पहाड उक्लन सुरुगर्छ। धरानबाट धनकुटा उक्लेजस्तो, ठाउँ ठाउँमा भारतले बाँध बाँधेको फराकिलो महाकाली देखाउँदै। बाटो जति रमाइलो छ, पहिरोको समस्या उत्तिकै। हेर्दाहेर्दै ढुँगा खस्छ र एकछिन बाटै अवरुद्ध हुन्छ। तर अचम्म, केहि छिनमै डोजर आइपुग्छ र सडक सर्लक्कै सफा पारिदिन्छ। यसरि सात घन्टाको यात्रापछि पिथौरागढ पुगिन्छ। देख्दै लोभलाग्दो पहाडी सहर। त्यहाँबाट अर्को सवारी पाइन्छ धार्चुलातर्फ जाने। अबको बाटो भने भिमफेदीहुँदै दक्षिणकाली उक्लेजस्तो। करिब तीन घन्टाको यो यात्राले फ…

Developmental works done by Jayprithvi Bahadur Singh

Image
He established a school named Satyavadi school, was first school.Played a vital role in initiating publishing books, constructing roads and establishing industry(iron industry).He established and leaded the first Nepali newspaper “Gorkhapatra”Some of the areas  he contributed (direct or indirect) in abolition of slavery and sati system. Dispensary was established with doctors from Calcutta medical college on deputation.In 1910, he started land reform programs, and land registration for the general public.Established First Humanistic Club in 1928.His publications were ‘Humanism Volume I-III’, The Humanist Journal, and 'The Flag of Peace'.He was the real warrior of Humanistic movement in Nepal.