ओझेलमा तिर्थस्थल परशुराम धाम

- डीआर पन्त, डडेल्धुरा
'सबै तिर्थ पटक-पटक परशुरामधाम एक पटक' स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुरामधामको धार्मिक महत्त्व दर्शाउँछ । भगवानका दश अवतार मध्ये परशुराम अवतार भएको उक्त धाम डडेलधुरा को शीर्ष गाविस अन्तरगत महाकाली किनारमा रहेको छ ।
 कहिल्यै पनि नवग्ने त्यहाको चुनढुंगा धामको प्रमुख आकर्षणका रुपमा रहेका छन् । तस्बिर : डीआर 
हिन्दू देवीदेवताका तेत्तिसकोटी मठ मन्दिरमध्ये परशुरामधाम मात्र एउटा यस्तो पवित्र धाम हो जस्को संसारमा अन्यत्र कहीं पनि मन्दिर पाइँदैन् । 'सायद कसैले भगवान परशुरामको अर्को मन्दिर भेटाएका होलान्,' अधिकांस हिन्दु तिर्थस्थल धामहरुको भ्रमण गरिसकेका महन्थ लक्ष्मण गिरी धामको महत्व दर्शाउँदै भन्छन, 'जमदग्नी, भृगु र गर्ग ऋषिको तपस्थली रहेको परशुरामधाम यस्तो धाम हो जहाँ साक्षात् ईश्वरको आगमन भएको हो ।'
स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागीरी मन्दिर सतीदेवीको पूर्ण अंग पतन पछि भगवान शिवले शशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका हुन् । पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुराम अवतार भएको हो ।  महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढंगा मा बसेर भगवान शिव र बिभिन्न ऋषिहरुले तपस्या गरेको उल्लेख गरिएको पुराणमा सबै धाम को पुण्य परशुराम धामबाट पाउन सकिने उल्लेख समेत गरिएको छ ।
एकातिर चूरे पर्वत श्रृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुरा सदरमुकामदेखि १ सय किलोमिटर र कंचनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ । धार्मिक पर्यटकीय दृष्टीकोणले पनि परशुराम धाम पर्यटक भित्र्याउन सकिने क्षेत्रहरु मध्येको रमणीय क्षेत्र मानिन्छ ।
परशुराम धाम क्षेत्र 
महाकाली पारी परशुराम धाम देखि सात किलोमिटरको दुरीमा रहेको पूर्णागीरी मन्दिरमा बर्षेनी आउने लाखौ धार्मिक यात्रुहरु मध्ये एक चौथाइ पनि परशुराम धाममा आउने वातावरण सिर्जना गर्ने हो भने डडेलधुराको आर्थिक विकासमा मात्र नभएर सुदूरपश्चिमा धार्मिक पर्यटनको ठूलो विकास हुन सक्ने सम्भावना रहेकोछ । । संस्कृतिबिद् महेन्द्र पाण्डेयले भने,  'परशुराममा रहेको एकमात्र छोटी भन्सार कार्यालय समेत बन्द भएपछि कहिले काहीं आउने भारतीय पर्यटक समेत आउन छाडेका छन् ।' भारतसंग सम्भौता गरेर महाकाली नदीमा झोलुंगे पुल, परशुराम धामदेखि पूर्णागिरी सम्म मोटरबाटो निर्माण गर्न सके पूर्णागीरीमा आउने लाखौ यात्रुहरु परशुरामधाम आउन सक्ने बातावरण बन्ने थियो ।
धार्मिक पर्यटनका दृष्टीकोणले परशुराम धाम हिन्दूहरुको पवित्र धार्मिक स्थल भएपनि अन्य पर्यटका दृष्टीकोणले पनि त्यो उत्तिकै महत्त्व राख्ने स्थानिय पर्यटन व्यवसायी दिपकराज बोहरा बताउँछन । सरकारको चरम उपेक्षाले मुलुकको एकान्तकुनाको परशुराम धामको महत्त्व ओझेलमा परेको हो । माओवादीले आगो लगाइ ध्वस्त गरेको परशुरामको संसकृत क्याम्पस हालसम्म पनि पुननिर्माण हुन सकेको छैन ।

                    
                                [ हामीले यो सामग्री कान्तिपुर दैनिकबाट लिएका हौँ ]

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी