Posts

Showing posts from July, 2016

Rara lake and Surrounding (Photo feature)

Image

वाह ! खप्तड (फोटो फिचर)

Image
काठमाडौंबाट तीन दिनको यात्रामा पुगिन्छ खप्तड । ३ हजार १ सय मिटरको उचाइमा रहेको खप्तड पुग्दाको थकाइ त्यहाँ रहेका २२ वटा पाटनले मेटाउँछन् । यहाँसम्मको यात्रा सजिलो छैन । काठमाडौंबाट धनगढी अनि डडेल्धुरा, बैतडी, हुँदै बझाङको एउटा सानो गाउँ लामातौलासम्म गाडीको यात्रा गर्न दुई दिन लाग्छ । लामातौलामा ‘होमस्टे’ सुविधा छ । स्थानीयले खुलेरै स्वागत गर्छन् । त्यहाँबाट जंगलको बाटो, हरियाली र वर्षासँगै देखिने पानी जमेका खेतका गरा र रोपाइँको दृश्य हेर्दै यात्रा अघि बढ्छ । जंगली बाटो भएर दारुगाउँ र लोखाडा हुँदै आठ घन्टा पैदलयात्रामा पुगिन्छ खप्तड । पहाडको चुच्चोमा अग्लाअग्ला रूख र त्यसको फेदीमा सुन्दर हराभरा चौर यसको सुन्दरता हो । चौरमा घाँसे मैदान, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी घाँसेफूलले यात्रुलाई प्रकृतिसित एकाकार गराउँछन् ।   खप्तड क्षेत्र सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, डोटी  र बाजुराको संगमस्थल हो । यहाँ खप्तड बाबाको कुटी, खप्तड दह, त्रिवेणी धाम, नागढुंगा र सहस्रलिङ्ग बाबाको मन्दिरजस्ता चर्चित धार्मिकस्थल छन् । गंगा दशह