Posts

Showing posts from September, 2016

धामीझाँक्री, हाम्रो समाज र हामी

Image
हाम्रो समाजमा खास गरी सुदूरपश्चिममा प्रचलित धामीझाँक्री प्रथाले समाजमा पारेको असर बारे मैले महसुस गरेका केही कुराहरु बारे लेख्न गैरहेको छु । खास गरि बैतडी को सन्दर्भमा भन्नू पर्दा, बैतडीको सबै जसो मन्दिरमा एक एक जना धामी रहने प्रचलन रहेको छ । खास गरि धेरै पहिले जब औपचारिक संस्थाको रूपमा कुनै न कुनै देवताको नामले मन्दिरहरुको स्थापना भैसकेको थियो तेति बेला गाउँ ठाउँको सबै जसो पक्षमा आपसी छलफल गर्ने मञ्च नै मन्दिर रहेको थियो। आजभोलिको जस्तो गा वि स , समूह, सहकारी , उपभोक्ता समिति, आमा समूह, बि व्य स , जस्तो मान्छे एकठाँउमा भेटघाट गर्ने मन्दिर बाहेक अन्य कुनै निहु थिएन।  महामल सिंह साँउद  मन्दिरमा स्थानीय बुद्धिजीवी पुजारीको रूपमा, एक जना भण्डारण तथा कोष हेर्ने भंडर्या, गाउँ समाजको अगुवा एक जना मुखिया लाई मन्दिर को मुख्य ब्यक्ति को रुपमा मुखिया को पद सिर्जना गरिएको अवस्था होला । कहिलेकाही मन्दिर सम्बन्धि तथा गाउँ ठाउँका साना तिना समस्या तथा वादविवाद , झैझगडा छिनोफानो गर्न अप्ठ्यारो पर्दा धर्म कचहरीको रूपमा रहेको मन्दिर सित संबंधित व्यक्तिहरुको सहयोग पनि लिने अवस्था आएको हुन सक्छ

घोडाघोडी तालको छेउमा उभिँदा

Image
मेरो देश प्राकृतिक सम्पदाको देश। तराई, पहाड र हिमालयको देश। हिमनदी र ताल तलैयाको देश। रारा र तिलिचोको गर्भमा स्वर्गको वास छ। फेवाको सौन्दर्य विश्व प्रसिद्ध छ। जैविक विविधताको देश। सांस्कृतिक सम्पदाको देश। सौन्दर्यको उत्कृष्ट वरदान मानिसका लागि मात्रै पर्यटकीय गन्तव्य रहेनछ। पशुपन्छीका लागि पनि उत्तिकै आकर्षक र मोहनीको केन्द्र बनेको छ मेरो देश। यही २०७३ वैशाख ८ गते बिहान ६ बजेतिर धनगढी बजारबाट निस्कें। अत्तरियाबाट गाडी पूर्व मोडियो। कर्णाली पुगेर बिसाउने उतै बिहानको खाजा खाने र कोहलपुर खाना खाने योजना छ।  गाडी करिब ५३ किलो मिटरको दूरी पूरा गरेर घोडाघोडी नगरपालिका पुग्यौं। घोडाघोडी तालको छेउ पुगेपछि गाडी रोकियो। म हतारमा गाडीबाट झरें। र, तालको डिलमा उभिएँ। त्यसको चारैतिर आँखा लगाएँ। घोडाघोडी तालको यो भव्यतासित अहिलेसम्म परिचित हुन नसकेकोमा मनमनै लज्जा बोध भयो। जेनेभा तालको फन्को मारेर रमाएँ। बर्माको राजधानी नापिताओस्थित होटल परिसरको तालको किनारमा साँझ बिहान एक हप्तासम्म बसेर ढुंगा फालेँ। तरङ्ग र छाल हेरेर उतै टोलाएको केही समय मात्रै भएको छ। समुद्री किनारमा रहेको श्रीलंकाको एक प्र