आखिर के का लागि थरुहट वा अखण्ड ?

प्रकाश राज पाण्डेय 

अहिले नेपालमा ठाउँठाउँमा जुन जात-जाती र बिभिन्न पक्षहरुले उठएको आन्दोलन छ, मैले बुझ्न नसकेको कुरा त्यो के का लागि आखिर ? अधिकारको लागी अरे, आखिर अहिले सम्म कसलाई कुन अधिकार बाट बन्चित गरेको छ राज्यले ? अहिले सम्म कुनै व्यक्ती विशेषलाई कुनै फरक जात, धर्म भएकै कारणले कुनै अधिकार नदिएको मैले सुनेको छैन। अब मेरै क्षेत्र सुदुर्-पश्चिमको कुरा गर्छु । त्यहाँका थारुको आन्दोलन चरम स्थितिमा छ । आखिर ज्यानकै बाजी राखेर गर्दै आएको आन्दोलन के का लागि ? कोही व्यक्ती थारु क्षेत्रबाट प्रतीनिधित्व गरेकै कारणले कुनै अवसरबाट वन्चित भएको छ जस्तो मलाई लाग्दैन। यदी आर्थीक हैसियतको नै कुरा गर्ने हो भने जानुस अछाम्, बाजुरा, बझाङका गाउँ-गाउँमा, त्यहाँका जनाताको आर्थी क स्थिती कस्तो छ हेर्नुस । त्यहाँ फल्ने कोदो र मकै केवल ६ महिना खान पुग्छ र बाँकी ६ महिना पेट पल्नको लागि भारतका बिभिन्न ठाउँमा गएर आफ्नो ज्यानको बाजी राखेर काम गर्न बाध्य छन त्यहाँका जनता । त्यो कसले देखेको छ? भात मात्रै खान पनि त्यहाँका जनातालाई चाडपर्व कुर्नु पर्छ। खै तिनीहरुको दुई छाक पेटभरी खान पाउने अधिकार ?

थारु समुदायको कुरा गर्दा हो म मान्छु कि केहि समय आगाडी कमैया, कमलरी प्रथा ब्याप्त थियो । त्यो प्रथा न कि राज्य वा समुदायले उहाँहरुलाई दबाएर बसेको हो, त्यो सबै अशिक्षाको कारणले थियो । आहिले आएर सबै जनाता शिक्षित हुन थालेका छन र यो प्रथा पनि अहिले हटिनै सकेको छ । यदी कतै अझै वाँकी छ भने यस्तो कुप्रथालाई हटाउनु पर्छ । जग्गा जमीन नभएका मुक्त कमैयालाई जमीनको व्यबस्था गर्नु पर्छ र त्यो व्यबस्था गर्छ पनि सरकार । तर आहिले भइराखेको आन्दोलन केवल सिमित नेताहरुको स्वार्थको लागी मात्रै हुँदैछ भन्ने मेरो बुझाइ छ । आखिर प्रदेश छुट्यएर दिदैमा पनि यो समस्या समाधान हुनेवाला छैन, किनकी यो समुदाय आफै भित्र पनि जातभात र विभेद व्यप्त छ । त्यो हटाउन शिक्षा चहिन्छ, न कि जमीनको टुक्रा (राज्य) । शिक्षाको लागि आन्दोलन हुनुपर्छ । जब जनाता शिक्षित हुन्छन अनि कुरिती हरु पनि आफै हटेर जन्छ र क्षेत्रको पनि विकास हुन थाल्छ । आखिर सबैखाले आन्दोलन र संघर्षहरु विकासकैलागी हो भने किन सबै पक्षले शिक्षाम जोड नदिएको ?

प्रदेशको टुक्रा पाउँदैमा आफै विकास हुन्छ भन्ने सोच्नु मुर्खता हुन्छ । विकास अघी बढ्न त एकता चाहिन्छ, इच्छाशक्ती चहिन्छ । अहिलेको स्थितिले एकतालाई तोड्ने काम हुँदैछ । यती भन्दा म अखण्डको पक्षमा भन्ने बुझिएला, तर होइन । न त म अखण्डको पक्षमा छु न त टुकृने पक्षमा नै । म त मात्र विकासको पक्षमा बोल्दैछु । र विकसको लागि यसरि बन्द, हड्ताल र आन्दोलन गरेर कहिल्यै विकास हुँदैन यो निश्चित हो । विकसको लागि एकजुट भएर काम गर्नु पर्छ । सरकारको मात्रै मुख ताकेर केहि हुँदैन । सरकारले त केवल सहयोग गर्ने हो, आड-ढाडस दिने हो । आफ्नो टोल विकास्, गाउँ विकास त आफै मिलेर गर्ने हो । यसरि आन्दोलन मात्रै गर्ने र भएका विकासका संरचनाहरु पनि ध्वस्त गर्दै गयो भने विकास नभएर विनास हुन जन्छ । अनि आउने पिढिले हामीलाई नै सराप्नेछ । त्यसैले मेरो सबै पक्ष सँग यही आग्रह छ कि अब यसरि फुटेर, मन-मुटाव गरेर, रिस-राग गरेर कसैको भलो हुनेवाला छैन । बरु यसले हाम्रो मात्रै हैन आउने पिढिको पनि कुभलो हुने निश्चित छ । त्यसैले मन-मुटावालाई बिर्सेर सबै हातेमालो गरौँ । हिजो सुन्दर-सुदुर पश्चिम भन्दा गर्व गर्ने हामिहरु अहिले किन फुट्न खोज्दैछौँ । हामी सदियौँ देखी मिलेर बस्दै आएका, एक अर्काको चाडपर्वमा खुशीयाली बाड्दै आएका थियौँ, यसैगरी बसौँ । केहि कुरिती र कुसंस्कार छन भने त्यसलाई हटाउँदै जाउँ र, फेरी सदभाव र एकताको उदाहरण भएर देखाउँ ।
‪#‎थारु_पहाडि_भाईभाई‬

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी