धनगढीलाई ‘स्मार्ट सिटी’ बनाइने

सांसद पुष्करनाथ ओझाले धनगढीलाई ‘स्मार्ट सिटी‘ बनाउने प्रतिबद्धता एक वर्षपछि कार्यन्वयनमा आउने बताउनुभएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष आरम्भका अवसरमा आज यहाँ अयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवा नेता ओझाले अत्तरियादेखि धनगढीसम्मको छ लेनको सडक, खुटियादेखि दिपायलसम्मको ‘फास्ट ट्र्याक’, धनगढी उपमहानगरमा सघन सहरी विकास कार्यक्रम, चक्रपथ निर्माण, पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमासम्मका दुई सडक योजना, हुलाकी राजमार्गको बाँकी भागको निर्माण, गेटा विमानस्थल स्तरोन्नति लगायतक पूर्वाधारको काम अघि बढ्न लागेको जानकारी दिनुभयो । रासस

Medsynapses

Popular posts from this blog

Bajhang District

Godawari: Destination for peace and picnic

Tikapur Park