घुम्न जाउँ सुदूरपश्चिम (Photo feature & Videos)

पर्यटकीय सम्भावना प्रचुर भएको तर पर्यटकको उपस्थिति न्यून भएपछि सुदूरपश्चिमका पर्यटन ब्यवसायीहरू राजधानी आएका छन्।सुदूरपश्चिमका पर्यटकीय स्थलको जानकारी तथा पर्यटकीय पदमार्गहरुका पोडक्ट लिएर उनीहरू राजधानी आएका हुन्। 

पर्यटन विकास समाज (टिडिएस) धनगढीले सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थलहरूलाई समावेश गरेर बनाएको सात किसिमका पर्यटकीय प्रडक्ट बनाएको छ। 

सो प्रडक्टको प्रचार प्रसार तथा प्रर्वद्धनका लागि समाजका अध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा आएको टोलीले काठमाडौंका टुर अपरेटर, टान, नाटा, नाटो, टुर्गान, नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र पत्रकार लगायत सरोकारवालासँग ‘वाइल्ड वेस्ट’ को प्रोमोशनका लागि सहयोगको आह्वान गरेको छ।
नेपालकै मात्र नभएर विश्वकै मान चित्रमा नमुना ठहरीएका सुदूर ताथ मध्यपश्चिमा पर्यटकीय स्थलहरु भएर पनी उचित पर्यटकको आगमन नभएका कारण काडमाडौंमा आएर आफ्ना प्रडक्टहरु जानकारी गराएको समाजका अध्यक्ष कृष्ण बहादुर महराले बताए। 



‘प्रशस्तै पर्यटकीय सम्भावना हुँदाहुँदै पश्चिममा पर्यटकको चहलपहल गराउन सकिएको छैन,’ महरा भन्छन्, ‘त्यसैले काठमाडौंमा बसेर पर्यटन प्रबद्धन तथा पर्यटन क्षेत्रलाई आफ्नो ब्यबसाय गरीरहेकोहरुलाई सो क्षेत्रको पर्यटन प्रवद्धन तथा त्यहाका प्रडक्ट दिन हामी आएका हौं ।’ समाजले पर्यटन बोर्डसँग मिलेर केही समय अघि कार्यक्रम समेत आयोजना गरेको थियो ।
समाजले नौ दिने रामारोशन पदयात्रा, २२ दिने खप्तड–रारा पदयात्रा, ११ दिने सुदूरपश्चिम सम्पदा पदयात्रा, नौ दिने खप्तड पदयात्रा र १० दिने अपी नाम्पा पदयात्राको प्याकेज बनाएको अध्यक्ष कृष्ण बहादुर महराले बताए । ‘यी सबै प्यकोजहरु पत्रकार, ब्यबसायी तथा केही प्याकेजमा पर्यटकहरुले पदयात्रा समेत गरिसकेका छन्, समाजका सदस्य एव पर्यटन ब्यबसायी अमर शाहीले भने।
सदस्य रहेका शाहीको कम्पनी रैका ट्राभल्सले मध्य र सुदूरपश्चिलाई जोडेर रारा, बर्दिया र शुक्लाफाँटा समेटिएको पाँच दिने वाइल्ड वेस्ट प्याकेज चलाउँदै आएको छ। सुदूर तथा मध्यपश्चिमको एकीकृत पर्यटन विकासमा जोड दिँदै आएका शाही भन्छन्, ‘पश्चिमको पर्यटन प्रवद्र्धन गरेर मात्र भएन अव यस्लाई मार्केटिङ खाँचो छ ।’
एक दशकअघि गोपी हमाल अध्यक्ष हुँदा कैलाली उद्योग वाणिज्य संघले ‘सुन्दर सुदूरपश्चिम’ अभियान चलाएर पश्चिममा पर्यटकीय सम्भावनाको ढोका खोलेको थियो । आज सुदूरपश्चिमका नौवटै जिल्ला सदरमुकाममा आधुनिक होटल खुलिसकेका छन् । धनगढी, महेन्द्रनगर, टीकापुर लगायत सहरमा करोडौं रुपैयाँका होटल खुलिसकेका छन् ।
(स्रोत: सेतोपाटि डट कम)

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी