प्रकृतिको सुन्दर बगैँचा खप्तड (फोटो फिचर)
प्राकृतिक सौन्दर्यताको खानी हो, खप्तड राष्ट्रिय निकुञ्ज । खप्तडलाई सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको छ ।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ ।
घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।

गंगा दशहरा मेला
खप्तडको सबैभन्दा आकर्षक पक्ष हो, गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका ९ वटै जिल्लासहित देशभरबाट यहाँ भक्तजनको भिड लाग्ने गर्छ ।
यसपटक पनि गंगा दशहरा मेला आयोजना हुँदैछ । ट्रेकिङ व्यवसायीले विभिन्न प्याकेजहरु बनाएर खप्तडमा पर्यटक लगिरहेका छन् । त्यो दिन त्रिवेणीमा नुहाउँदा सम्पूर्ण पापहरु पखालिने, मनको इच्छा पूरा हुने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने विश्वास छ । खप्तडमा ४० जनासम्मका लागि आवास र खाना खाने व्यवस्था छ ।
कसरी पुग्ने ?

![]() |
Add caption |
लामातोलाबाट ४ घण्टामा लोखाडा (खप्तड बेस क्याम्प) र त्यहाँबाट २ घण्टामा खप्तडका घाँसे मैदान र क्याम्प साइटसम्म पुग्न सकिन्छ । तमैल कटेपछि ठाउँ-ठाउँमा लोकल टि-हाउस छन् भने खाने-बस्ने पनि सुविधा । त्यसपछि उकालो बाटो करिब ४ घण्टा हिँडेर खप्तड लेक पुग्न सकिन्छ ।
(स्रोत: अनलाइनखबर, तस्वीरः शुक्लाफाँटा जंगल कटेज रिसोर्ट)