द्वारिकादेवी ठकुरानी

सुदूरपश्चिमकी द्वारिकादेवी ठकुरानी, जसले महिला हिंसा विरुद्ध २००७ सालतिरै आवाज उठाएकी थिइन्। अन्तरजातीय विवाह गरेकी मुलुककै प्रथम महिला मन्त्री ठकुरानीले विभेद विरुद्ध उत्रन महिलाहरूलाई संगठित समेत गरेकी थिइन्।  
Dwarika Debi Thakurani
वि.सं. २०१५ मा प्रधानमन्त्री बीपी कोइरालाबाट मन्त्रीको शपथ लिंदै द्वारिकादेवी ठकुरानी। 

ठकुरानीले महिलालाई राइफल चलाउन तालीम पनि दिएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका समाजशास्त्र एवं राजनीतिशास्त्रका उपप्राध्यापक डा. मुकुन्द कलौनी बताउँछन्। २०१५ सालको पहिलो आमनिर्वाचनमा क्षेत्र नम्बर ६६ डडेल्धुराबाट उठेकी ठकुरानीलाई हराउन विपक्षीले ‘पेटीकोटलाई भोट नदेऊ’ भन्ने जस्ता नारा समेत लगाएका थिए। “राष्ट्रपति निर्वाचन अघि विद्या भण्डारीका विपक्षमा सामाजिक सञ्जालमा देखिएका कतिपय प्रतिक्रिया ठकुरानीकालको मनोविज्ञानसँग मिल्छन्”, कलौनी भन्छन्, ”पढ्यौं, लेख्यौं। तर, पुरुष मानसिकता परिवर्तन भएन।”  (हिमाल खबर पत्रिकाबाट बच्चु बिकको सामग्रीको एक अंश)

उक्त चुनाव क्षेत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन्.डी.प्रकाशको निर्वाचन क्षेत्र हो त्यो, हवाइ दुर्घटनामा उहाँको असामयिक निधन भएपछि एन्.डी. प्रकाश परिवारको सहमतिमा द्वारिका देवीजीलाई उक्त क्षेत्रका निम्ति नेपाली काङ्ग्रेसले टिकट दिएको थि यो । एन्.प्रकाशका दाजु मु. ईश्वरीदत्त चटौतलाई मिति २४ मार्ग २०१५मा द्वारिकाजीले लेखेको चिट्ठीबाट स्पष्ट थाहा पाउन सकिन्छ । सो चिट्ठी 'वेलाको बोली बखतको इतिहास' नामक कृतिको पृष्ठ १६८ र १६९ मा हेर्न सकिन्छ । (आरडी प्रभास चटौतका अनुसार) 


Comments

Popular posts from this blog

Bajhang District

Godawari: Destination for peace and picnic

Tikapur Park