खप्तडमा लाग्ने गंगा दशहरा मेला सुरु

 सुदुरपश्चिमको धार्मिक एवम् पर्यटकिय स्थल खप्तडमा लाग्ने गंगा दशहरा मेला आईतबारबाट सुरु भएको छ । मेला भर्नका लागी हजारौको सख्यामा तिर्थयात्री खप्तड पुगेका छन् भने अझै आउने क्रम जारी रहेको छ ।
Khaptad National Park, Doti, Nepal
मेलामा सुदुरपश्चिमका सम्पूर्ण ९ जिल्ला लगायतका देशका बिभिन्न स्थानबाट बुढापाका तन्नेरी युवायूवती र बालबालिकाहरु यस क्षेत्रमा पुगी सकेका छन् । मेलालाई ब्यबस्थित बनाउन नेपाली सेनाहरु र स्थानिय स्वयम सेबक समेत परिचालित गरिएको छ । मेलाको सम्पुर्ण ब्यबस्थापनको कार्य पुरा भई सकेको छ भने मेलामा मौसम परिबर्तनलाई मध्य नजर गरि ३ वटा धर्मशाला २ वटा खप्तड पर्यटनबोर्डका भबनहरु र केही पालहरुको समेत ब्यबस्था गरिएको खप्तड मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितीका सदस्य उत्तम रोकायाले जानकारी दिनुभयो ।
खप्तडका धार्मिकक्षेत्र त्रिबेणीधाम , सहस्त्रलिङ्ग ,खापरदह ,खडुली दुदुली लगायत का स्थानमा दर्शन गरी स्नान गरे  मनले चिताएको फल पाईन्छ भन्ने धार्मिक विश्वासका कारण प्रत्येक बर्ष अषाढ शुक्लनबमीका दिन यो मेला  लाग्ने गर्छ । पुराणका उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्बतमा सिद्हरुले बास बस्ने तपोवन भुमीको रुपमा बर्णन गरिए अनुसार यसको धार्मिक गरिमा दिन प्रतिदिन बढ्दै गएको स्थानिय ज्योतीषी श्रीमोहन राज जोशीले बताउनु भयो। बिगतका बर्ष भन्दा यस बर्ष यस क्षेत्रमा आउने यात्रु संख्यामा बृदि भएको छ ।
सुदुरपश्चिमको मूख्य पर्यटकिय क्षेत्र खप्तडमा आन्तरिक तथा बाह्य पर्यटकहरु हरिया घाँसेभुमीका फाँट ,पाटनहरु ,खप्तड दह ,डाँफेकोट,त्रिबेणी, नाँग ढुङ्गा, हरिना चरि जेठी बहुरानी लगायतका दुई दर्जन भन्दा बढी पर्यटकिय क्षेत्रको भ्रमण गरि आनन्द लिने गर्छन । पछिल्लो समयमा  यो क्षेत्र युवायुवतीहरु आफ्नो प्रेम जोडीका साथ घुम्न जाने गन्तब्यका रुपमा समेत बिकास हुन थालेको छ ।
                                                                                   -शैलेन्द्र रोकाया, बझाङ्ग, २ असार (साभार: Hamrakura.com)

Trivenidham, Khaptad, Bajhang 

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी