धामीझाँक्री, हाम्रो समाज र हामी
हाम्रो समाजमा खास गरी सुदूरपश्चिममा प्रचलित धामीझाँक्री प्रथाले समाजमा पारेको असर बारे मैले महसुस गरेका केही कुराहरु बारे लेख्न गैरहेको छु । खास गरि बैतडी को सन्दर्भमा भन्नू पर्दा, बैतडीको सबै जसो मन्दिरमा एक एक जना धामी रहने प्रचलन रहेको छ । खास गरि धेरै पहिले जब औपचारिक संस्थाको रूपमा कुनै न कुनै देवताको नामले मन्दिरहरुको स्थापना भैसकेको थियो तेति बेला गाउँ ठाउँको सबै जसो पक्षमा आपसी छलफल गर्ने मञ्च नै मन्दिर रहेको थियो। आजभोलिको जस्तो गा वि स , समूह, सहकारी , उपभोक्ता समिति, आमा समूह, बि व्य स , जस्तो मान्छे एकठाँउमा भेटघाट गर्ने मन्दिर बाहेक अन्य कुनै निहु थिएन। महामल सिंह साँउद मन्दिरमा स्थानीय बुद्धिजीवी पुजारीको रूपमा, एक जना भण्डारण तथा कोष हेर्ने भंडर्या, गाउँ समाजको अगुवा एक जना मुखिया लाई मन्दिर को मुख्य ब्यक्ति को रुपमा मुखिया को पद सिर्जना गरिएको अवस्था होला । कहिलेकाही मन्दिर सम्बन्धि तथा गाउँ ठाउँका साना तिना समस्या तथा वादविवाद , झैझगडा छिनोफानो गर्न अप्ठ्यारो पर्दा धर्म कचहरीको रूपमा रहेको मन्दिर सित संबंधित व्यक्तिहरुको सहयोग पनि लिने अवस्था आएको हुन सक्छ