धामीझाँक्री, हाम्रो समाज र हामी

हाम्रो समाजमा खास गरी सुदूरपश्चिममा प्रचलित धामीझाँक्री प्रथाले समाजमा पारेको असर बारे मैले महसुस गरेका केही कुराहरु बारे लेख्न गैरहेको छु । खास गरि बैतडी को सन्दर्भमा भन्नू पर्दा, बैतडीको सबै जसो मन्दिरमा एक एक जना धामी रहने प्रचलन रहेको छ । खास गरि धेरै पहिले जब औपचारिक संस्थाको रूपमा कुनै न कुनै देवताको नामले मन्दिरहरुको स्थापना भैसकेको थियो तेति बेला गाउँ ठाउँको सबै जसो पक्षमा आपसी छलफल गर्ने मञ्च नै मन्दिर रहेको थियो। आजभोलिको जस्तो गा वि स , समूह, सहकारी , उपभोक्ता समिति, आमा समूह, बि व्य स , जस्तो मान्छे एकठाँउमा भेटघाट गर्ने मन्दिर बाहेक अन्य कुनै निहु थिएन। 
महामल सिंह साँउद 

मन्दिरमा स्थानीय बुद्धिजीवी पुजारीको रूपमा, एक जना भण्डारण तथा कोष हेर्ने भंडर्या, गाउँ समाजको अगुवा एक जना मुखिया लाई मन्दिर को मुख्य ब्यक्ति को रुपमा मुखिया को पद सिर्जना गरिएको अवस्था होला । कहिलेकाही मन्दिर सम्बन्धि तथा गाउँ ठाउँका साना तिना समस्या तथा वादविवाद , झैझगडा छिनोफानो गर्न अप्ठ्यारो पर्दा धर्म कचहरीको रूपमा रहेको मन्दिर सित संबंधित व्यक्तिहरुको सहयोग पनि लिने अवस्था आएको हुन सक्छ गाउँको मुखिया बा लाई। समस्या बल्झिदा अथवा समस्याले जटिल रुप लिदा मुखिया लगायत , भण्डारे, पंडा आदि मिलेर एउटा नयां पद सिर्जना गरिएको होला “धामी” को पद। मन्दिर समितिको प्रबक्ताको रूपमा , उनिहरुले गरेको निर्णय सुनाउने पद , देउताको तर्फबाट बोल्ने पद भनेर सर्वसाधारणमा परिचय गराइएको , एउटा राम्रो सभ्य शिष्ट ब्यक्ति, बास्तब मै देउता को जस्तो बोली वचन र व्यबहार भएको ब्यक्ति, राम्रो सुझबुझ भएको न्यायाधीशको भुमिका निभाउन सक्ने ब्यक्ति , जसको बारेमा देउता नै बोल्ने त्यो ब्यक्तिमा र उसले भनेको सबैले मान्नुपर्छ भन्ने प्रचारप्रसार गरियो सर्वसाधारण मानिसहरुमा , यसरी धामी भन्ने महत्वपुर्ण पदको जन्म हुन गयो।
सुरु सुरुमा त समाजको निकै योग्य ब्यक्ति लाई धामी छान्ने चलन रह्यो होला। पंडा, भण्डारे, मुखिया मिलेर धामी छनोट गर्ने गरेको अवस्था थियो। मुखिया को छोरा मुखिया हुने, पंडाको छोरा पंडा हुने चलन रहे सरह धामीको छोरा नै धामी हुने अवस्था आएको होला पछि गएर। सुरु सुरुमा त धामिले मन्दिरको अन्य कर्मचारी हरुको सरसल्लाह र मुखियाको अधीनमा रहि काम गर्नुपर्ने अवस्था थियो, उ मन्दिरको प्रवक्ताको रुपमा निर्णय गर्नु भन्दा पनि निर्णय लागू गराउन प्रभाबकारी होस भनेर देउता नै बोलेको जस्तो अभिनय गरेर सर्वसाधारण माझ प्रस्तुत हुने परिपाटी थियो तर हाल आएर निर्वाचित ब्यक्तिले गाउँसमाजको मुख्य ब्यक्तिको स्थान लिन पुगेको र गाउँ समाजमा मुखियाको पद कम्जोर हुँदै गएकोमा गाउँको मुखियाको पद मन्दिर सम्म मात्रै सिमित रहन गै कुनै कुनै ठाउँका मन्दिरमा धामी शक्तिशाली बन्न पुगेको देखिन्छ । धामिको पद सिर्जना हुनुको कारणबाट मुखिया, पन्डा आदि नै अनभिज्ञ रहन गएको कारण , धामीमा साच्चिकै देउता आउँछ र धामी काम्दा देउता बोल्छ भन्ने अन्धविश्वास सर्वसाधारणमा कायम हुन गएको देखिन्छ । यहि अनभिज्ञताको फाइदा उठाउदै यतिबेलाको धामीहरु आफुमा देउता आउने, काम्ने बेला आफू नबोलेर देउता बोलेको, आफू देउता आउने मान्छे भएकोले आफू लाई गत बिगतका सबैको बाजे परबाजे को समयको कुरा जान्ने, उसले भनेको कुरा सबैले मान्नु पर्ने, नत्र देउता रिसाउने, देउता रिसाएमा संबंधित मान्छे तथा परिवारको कुभलो हुने, अनेकौ दुख कष्ट आई पर्ने भनेर समाजमा दर त्रासको वातावरण फैलाउन धामी सफल भएको र आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्न सफल भएको देखिन्छ । धामिमा देउता आउने वा काम्ने भन्दा पनि निजले सो को अभिनय गरेर सर्वसाधारणलाई ठग्दै आफ्नो प्रभुत्व र प्रभाव कायम राख्न सफल भएको देखिन्छ । शिक्षाको क्षेत्रमा पछि परेकोले सचेतनाको कमि, अन्धविश्वास, रुढीबादिता को भरपुर फाइदा उठाउदै धामीले सर्वसाधारणलाई देउताको नाउमा लुटि रहेको अवस्था गाउँ घरतिर र सहरमा समेत कहिँ कहिँ देख्न पाइन्छ ।
म रहेको ठाउँ शर्माली बैतडीको सन्दर्भमा भन्ने हो भने स्थानीय स्तरमा धामी पदको साह्रै दुरुपयोग भएको देखिन्छ । यसरी लुटिने तथा ठगिने हरुमा सबैजसो समुदायका मानिसहरू परे पनि बढिजसो दलित समुदाय बढी ठगिने गरेको देखिन्छ । बाजे बराजु ( पित्री) को भाकलको निहु पारेर एउटा गाउँको सबैजसो घरधुरीबाट उक्त समुदायको धामिले एउटा धरबाट रु एक लाख चौबीस हजार, अन्य केही परिवारहरुबाट प्रति परिवार रु चौसट्ठी हजार का दरले र बाकी घरपरिवारबाट रु रु ३,५००/- सम्म देउताको नाममा संकलन गरि शर्मालिको एउटा दलित परिवार बाट स्थानीय धामिले जरिवाना स्वरुप उठाएर लाखौं को रकम गायब गरेको अवस्था छ। सचेतना को अभावमा र धामी रिसाए देउता रिसाउछ र देउता रिसाए त सबै थोक समाप्त हुन्छ भन्ने बिश्वास बोकेको समुदाय त्यो लाखौं को रकम कहाँ गयो भनेर धामी समक्ष र अरु ठाउँमा समेत पश्न उठाउन सक्ने अवस्था छैनन । धामिले देउताको नाउमा पैसा उठाएर सो पैसा दुरुपयोग गरेको, ब्यक्तिगत स्वार्थ पूरा गरेको महसुस हुंदाहुदै पनि सो सम्बन्धि कुरा गरे धामी रिसाउने र धामी रिसाए देउता रिसाउने अन्धविश्वासले कुरा सम्म गर्न समेत डराउने अवस्था देखिन्छ । 
धामीझाँक्री (प्रतीकात्मक तस्बिर)
तेस्तै एक जना अर्का धामी जस्ले एक जना दलित समुदायको मान्छे लाई पटक पटक कामेर तेरो पितृको भाकल छ, मेरो छोरा भयो भने तराजुमा तोलेर ( तुला तोलेर ) रुपैयाँ चढाउला भन्ने भन्ने छ भनेर गत वर्ष मात्रै सिक्का मा तोल्न नमानेर रु ६०,०००/- नगद लियर देउताको मा ठगेको घटाउन सर्वबिदितै छ । उक्त रकम देउतामै चढाउनु पर्ने भए सो रकम मन्दिरको कोषमा जम्मा हुनु पर्ने हो तर धामिले आफ्नो कोषमा जम्मा गरेको अवस्था छ ।
स्थानीय समुदाय यति सम्म रुढीबादी ग्रस्त छ तथा धामिको चङुलमा फसेको छ कि पितृको देउकी र गंगोत्रीको जल चढाउने भाकल छ भनेर धामीले देउताको नाउँमा ठगेको भरमा जल र देउकी मन्दिरमा चढाउन गाउका ४० परिवारले प्रती भारु ६,०००/- का दरले उठाएर झण्डै रु चार लाख खर्चेर देउतालाई गंगोत्रीको जल र देउकी चढाउन केटि नपाएको खण्डमा देउता ले सुनको देउकी को मुर्तीमा मानी हाल्छ भनेर सुनको मुर्ति बनाउन लाएर देउकि प्रथालाई निरंतरता दिएको अवस्था छ। यसरि मन्दिरमा सुन चांदी चढाउने परिपाटीले के कति नगदी जिन्सी जम्मा हुन पुग्यो भनेरभनेर शोधखोज गर्न खोज्ने चलन छैन। त्यसै गाउँ मा हाल सालै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना ले बनाएको खाने पानीको योजना मासिक रु १०/१५ मर्मत सम्भार तथा vmw खर्च तिर्न सक्दैनौ भनेर मर्मत सम्भार खर्च उठाउन नसक्द नभै नहुने वास्तविक जल धारामा आउन छोडेको छ । गंगोत्री को जललाई रु १०,०००/-सक्ने तर आफुले रात दिन पानी खाने खा पा योजनाको लागि १० रुपैया नसक्ने , यस्तो छ स्थिति गाउँ घरमा । यी त एक दुई उदाहरण मात्रै हुन। देउताको नाउमा यसरी असुलिएको सुन चादी र नगद्को कुनै अत्तोपत्तो छैन। यसै वर्ष मात्र मन्दिरमा चढाएका २ ओटा सोलार सिस्टम मन्दिर मा छैनन धामीको घरमा देखिन्छन् । सरसम्पती को लेखाजोखा राखिनु पर्यो, मन्दिर व्यबस्थापन समिति बनाउनु पर्यो भन्दा धामी र निजको मंडली मान्दैन । उनिहरु भन्छन देउताको सम्पत्तिको लेखाजोखा गर्न मिल्दैन र समिती गठन गर्न पनि मान्दैनन । स्थानीय जनताको सचेतनाको कमि, धामीले भनेको बिपरित गएमा धामी रिसाउछ्न र काम्न आउदैनन, धामिले काम्न आएन भने सर्वनाश हुन्छ भन्ने अन्धविश्वास र डर कायम छ सर्वसाधारण मा। स्थानीय गाउँ बिकास समिति, राजनैतिक दलहरु र प्रशासन कसैलाई चासो र चिन्ता छैन । सायद जिम्मेवार पक्ष पनि अन्धविश्वास बाट र धामिको डरत्रास बाट मुक्त हुन सकेको छैन। समस्या तथा लुटपाट महसुस गर्न नसकेको हो कि वास्ता नगरेको हो। जिम्मेवारी कसको ? जबाफदेही को ? ( सबै ठाउँहरुमा यस्तै छ / होला भन्न खोजेको होइन । स्थानीय स्तरमा देखा परेका असरहरुको आधारमा हो )

अन्तमा, यस लेखमाथि भानुदेव बडू सरको बिचार ''सवाल ती धामीको होइन, जो देवताका नाममा कष्टसाध्य कर्म पूरा गरि एक सनातन परंपरालाई निष्ठापुर्बक निरन्तरता दिइरहेकाछन । प्रश्न उनिहरुमाथि उठाइएकोछ जो देवताका नाममा काल्पनिक कथा बनाई मनोबैज्ञानिक त्रास फैलाएर आफनो स्वार्थ पूरा गरिरहेकाछन । यस्ता कथित चर्तिकला अन्यत्र पनि होलान । बाजुराको एउटा दुर्गम गाउँमा यसै सन्दर्भको लोकगीत सुनेको थिए । शेयर गरि हालौ:- माइलो मुक्ख्या, जेठो धामी, कान्सो छ हेराउन्या । एकै घर तीन पगडी, गौं गर्खा घुमाउन्या ।। अरु दृष्टिकोण बिचार आआफनो ...''

Comments

Popular posts from this blog

Tikapur Park

Doti District Nepal

Gaura festival