दार्चुला बग्नुका चार कारण
शंकर धामी दार्चुला – मनसुनको सुरुमै महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाका वासिन्दालाई ठूलै पीडा दियो ।बाढी अहिले घटिसकेको छ तर बाढी प्रभावितको पीडा उस्तै छ । सँगसँगै दार्चुलामा मात्रै नभई धेरै नेपालीहरुमा महाकालीमा बाढी किन र कसरी आयो भन्ने जिज्ञासा उठेको छ । महाकालीमा असार २ गते बेलुकीदेखि बाढी आएको हो । म दार्चुला प्रहरी प्रमुख डिएसपी कुवेर कडायतसँग जेठ २८ गते खलंगाबाट त्रिदेशीय सीमाक्षेत्रमा पर्ने व्यास गाविसको छाङरु र तिंकरसम्म गएको थिएँ । बाढी आउनुभन्दा दुई दिन अघि मात्रै हामी महाकालीको किनारैकिनार भएर व्यासबाट दार्चुला फिर्ता भएका थियौ । महाकाली नदी किनार क्षेत्रको अवलोकन र सदरमुकाम खलंगामा ७–८ वर्षको वसाई अनुभवका आधारमा बाढी आउनुको कारणबारे लेख्न लागेको हुँ । १. निरन्तरको वर्षा यो वर्षा यति क्रूर भइदियो कि धौलिगंगाभन्दा माथिको भारतीय बस्ती सोबला र कल्चौतीमा चार दर्जनभन्दा बढी घरहरु बगे । पहिरो गयो, वर्षाले पहिरो निम्त्यायो, पहिरोले धौलीगंगाको सतह बढायो र बाढीको रुप लियो । त्यतिमात्रै होइन, सदरमुकाम खलंगामा पनि असार १ गते साँझदेखि लगातार असार ३ गते दिउसोसम्म पान