Posts

Showing posts from August, 2016

गौरा: एक कोलाज

Image
राजेन्द्र नाथ  ती दिनहरुमा हाम्रो विद्यालयको पोसाक, खाकी रंगको पाइन्ट र आकासे सर्ट हुन्थ्यो । बर्षको एकपटक सिलाइन्थ्यो, त्यो पोसाक । गौराको बेलामा । नयाँ लुगा भनेकै, त्यही । गाउँको सिरानमा काटछाट गरेर मिलाए जस्तो एकनासे सल्लेरी बन थियो । त्यसका बीच–बीचमा केही सालका सुलुत्त परेका बोट । सल्लेरी वन नाघेपछि भिरालो डाडामा विद्यालय टाढै टल्कन्थ्यो, मालिकार्जुन प्राबि तेलीगाउँ । साता अघिनै बगाले हेड सरले फर्मान जारी गर्नुहुन्थ्यो, ‘विद्यालय खुलेपछि सबै जना नयाँ ड्रेसमा आउनु ।’ अरु बेला भए हेडसरको फर्मानले आतंकित तुल्याउथ्यो । तर, त्यो गौराको छुट्टीको ‘बिशेष घोषणा सभा’ भने सबैका लागि सुरुची र प्रितिकर थियो । पहिला–पहिला हजुरबा गौराको नयाँ लुगा र अन्य खान्कीको ब्यवस्था गर्न झुलाघाट पुग्नुहुन्थ्यो । दार्चुला र बैतडीको यो भारतीय सीमा बजार आउजाउमै दुई दिन लागथ्यो । त्यहाँका ‘सेटजी’ हरुकोमा बर्षौदेखिको कारोबार सम्बन्ध थियो । जाँदा घयूका ग्यालिन बोकेर जाने र आउदा झोलामा नयाँ लुगा र मिस्रि तथा नरिवल जस्ता खानेकुरा लिएर आउनुहुन्थ्यो, उहाँ । तिनै चल्तिमा पनि थिए, त्यो बेला । हजुरबा गएको भोल

गौरा पर्बले सम्झाउने निरौली दरबार जिर्ण बन्दै

Image
सुदूरपश्चिमको गौरा पर्वमा चैत धुमारीले सम्झाउने मल्लकालीन दरबार उचित संरक्षण तथा सम्बद्र्धन नगरिदा जिर्ण बन्दै गएको छ । उक्त मल्लकालीन धरमकोट दरबारको समयमै उचित संरक्षण नगरिदा दिनानु दिन जिर्ण हुदै तथा भत्किदै गएको स्थानियबासीहरु बताउछन् । गौरापर्बको बेला ७ दिन सम्म यसै दरबार तथा राजा र भागेश्वर देबताका बारेमा रचिएका गित र चैत गाईने गरीन्छ ।  कलात्मक ढंगकोे उक्त दरबार निमार्ण गरिदा स्थानिय जनता बाट संकलन गरिएको मास पिसि गाह्रो बनाएको र त्यसै गाह्रो बाट दरबारका नौ तला निमार्ण भएको निरौलीका स्थानिय सुरेन्द्र बोहराले बताउनु भयो । उहाँले भन्नु भयो ‘सुदूरमा गौरा पर्ब आउने बेलामा मात्र यो दरबारका बारेमा कुरा गरिन्छ बाँकी समय कोही केही बोल्दैनन् ।’ करिब सय बर्ष भन्दा पहिले निरैपाल राजाले आफनो शासनकालमा निमार्ण गरेको उक्त दरबार नाघी मल्ल राजाको शासन कालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर सो ठाउ लाई निरौली गाबिसको नाम राखिएको किम्बदन्ति रहेको निरौका अर्का स्थानिय हेम हमालले बताउनु भयो । मल्लकालीन समयमा राजा नाघि मल्ल र सोही ठाउमा रहेको भागेश्वर देबता बिच को ठुलो भन्ने बिषयमा घ

Journey to Badimalika: Photo Feature

Image
The Badimalika is one of the most famous holyplace of hindus and good trekking rout in farwest Nepal. This is the collection of photos by Mr Suresh Chaudhary. Scenery of bajura on the way to Badimalika

सुनकुडा, बझाङ्गका मनोरम दृश्यहरु (Sunkuda,Bajhang- Photo feature)

Image
सेती अन्चल, बझाङ्ग जिल्लाको सुनकुडा गाउँ बिकास समिति र त्यस आसपासका मनोरम दृश्यहरुको सङ्ग्रह ! यी तस्विरहरु  कर्ण बोहरा र दिनेश स्याड़ाको फेसबुकबाट लिईएको हो !  

Panoramic view of Khaptad in Mid winter

Image
Panoramic view of Khaptad in mid winter This is the view of Khaptad lake, located in Khaptad National Park, Doti. This Panoramic view is snapped in first week of january by Gorakh Bista and published in Nepal magazine.

खप्तड- वाहन

Image
खप्तड-वाहन  अछाम, डोटी, बाजुरा र  बझा​ ङको संगमस्थल खप्तडको खुला चौरमा घोडा । यस क्षेत्रमा घोडालाई वाहनका रूपमा प्रयोग गरिन्छ । खप्तड घुम्न आएका पर्यटक, बिरामी तथा अशक्तहरूलाई बोक्न पनि घोडा नै चाहिन्छ । उसै त सुन्दरताको खानी, त्यसमाथि घोडाहरूको मनमोहक दृश्य, सुनमा सुगन्ध थपिएको छ । (स्रोत: अंगद ढकाल/नेपाल)

घुम्न जाउँ सुदूरपश्चिम (Photo feature & Videos)

Image
पर्यटकीय सम्भावना प्रचुर भएको तर पर्यटकको उपस्थिति न्यून भएपछि सुदूरपश्चिमका पर्यटन ब्यवसायीहरू राजधानी आएका छन्। सुदूरपश्चिमका पर्यटकीय स्थलको जानकारी तथा पर्यटकीय पदमार्गहरुका पोडक्ट लिएर उनीहरू राजधानी आएका हुन्।  पर्यटन विकास समाज (टिडिएस) धनगढीले सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थलहरूलाई समावेश गरेर बनाएको सात किसिमका पर्यटकीय प्रडक्ट बनाएको छ।  सो प्रडक्टको प्रचार प्रसार तथा प्रर्वद्धनका लागि समाजका अध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा आएको टोलीले काठमाडौंका टुर अपरेटर, टान, नाटा, नाटो, टुर्गान, नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र पत्रकार लगायत सरोकारवालासँग ‘वाइल्ड वेस्ट’ को प्रोमोशनका लागि सहयोगको आह्वान गरेको छ। नेपालकै मात्र नभएर विश्वकै मान चित्रमा नमुना ठहरीएका सुदूर ताथ मध्यपश्चिमा पर्यटकीय स्थलहरु भएर पनी उचित पर्यटकको आगमन नभएका कारण काडमाडौंमा आएर आफ्ना प्रडक्टहरु जानकारी गराएको समाजका अध्यक्ष कृष्ण बहादुर महराले बताए।  ‘प्रशस्तै पर्यटकीय सम्भावना हुँदाहुँदै पश्चिममा पर्यटकको चहलपहल गराउन सकिएको छैन,’ महरा भन्छन्, ‘त्यसैले काठमाडौंमा बसेर प