ऐतिहासिक अमरसिंहगढी किल्ला (फोटोहरु)
अमरसिंह गढी , डडेल्धुरा पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो । एकीकरणको अभियानबेला विस १९४७ भदौ ३१ गते सेति नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रशासक नियुक्त भएका थिए । अमरसिंह गढी , डडेल्धुरा तिनै अमरसिंह थापाले आफू नियुक्त भएको वर्ष बनाउन लगाएको ढुंगेकिल्ला डडेलधुरामा अमरगढी किल्लाको रुपमा परिचित छ । यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो । काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको बताइन्छ । अमरसिंह गढी , डडेल्धुरा अमरसिंह गढी , डडेल्धुरा अमरसिंह गढी , डडेल्धुरा अमरसिंह गढी , डडेल्धुरा अमरसिंह गढी , डडेल्धुरा अमरसिंह गढी , डडेल्धुरा ( तस्बिर/शब्द: कान्तिपुर अनलाइनबाट अंगद ढकाल )