जुम्ली ठिटोको स्याउ सपना
जुम्लाबाट तीन दिन लगाएर काठमाडौं ल्याइएको अर्ग्यानिक स्याउ बेचिरहेको ठिटोलाई अरुसँग बोल्ने उतिसारो फुर्सद छैन। काठमाडौंको रामशाहपथस्थित नेशनल ट्रेडिङको बिक्री कक्षको गेटै अगाडि स्याउ बेचिरहेका भेटिन्छन् उनी। जुम्लाबाट राजधानी ल्याएको स्याउ कागजको बाकसमा राखेर किलोका किलो बेचिरहेका छन् यी ठिटा। साथमा सहयोग गर्न केही मानिस पनि छन्। ‘ जुम्लाबाट ल्याएको अर्ग्यानिक स्याउ लैजानुस् , विश्वास नलागे चाख्नुस् ’ भन्दै ग्राहकलार्इ विश्वास दिलाउँछन्। शंका गर्नेलाई केही टुक्रा चखाउँछन् पनि। ' पहिलो पटक आउने ग्राहकले नेपाली रहेछ किन्दिउँ न त भनेर किन्छन् ,' स्याउ बेच्दै गरेका जुम्लाका दिनेश खड्का भन्छन् , ' एक पटक खाएपछि फेरि चाहियो भन्दै फर्कने ग्राहक धेरै छन्। ' जुम्लाका २० वर्षे ठिटा दिनेश ललितपुरको नमुना मच्छिन्द्र कलेजमा कक्षा १२ मा पढ्दैछन्। व्यवस्थापन संकाय पढ्दै गरेका उनलाई जागिरको मोह कहिल्यै लागेन। उनका बाबु स्याउ तथा यार्सागुम्बाको व्यापार गर्दै आएका छन्। ' जुम्लाबाट स्याउ ल्याएको छु ,' उनी भन्छन् , ' यहाँ चार जना स्टाफ पनि छन्। उनीहरु र म मिलेर काम