बडिमालिका तिर्थयात्रा सुरु
बाजुरा, - प्रसिद्ध धार्मिक स्थल बडीमालिका तीर्थयात्रा बिहीबारदेखि विधिवत् सुरु भएको छ । बाजुराको बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ । बडीमालिकामा बुधबार मूलपूजा गर्न मेला लाग्दैछ । जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँस्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार बिहीबार बडीमालिका प्रस्थान गरेका छन् । औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान गरिसकेका छन् । पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै छ । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ । बाजुराबाट बडीमालिका पुग्न तोकिएका स्थानहरूमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ । सोही मान्यता अनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ हिंडेका हुन् । कैलाशमाण्डौ गाविसमा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यट