आर्थिक विकासको आधार बन्न सक्छ घोडाघोडी
जैविक बिविधताले धनी,सुन्दर,अनुपम ,धामिर्क ,सास्कृतिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र हो घोडाघोडी । कैलाली जिल्लाको मध्वर्ती क्षेत्रको घोडाघोडी नगरपालीका भित्र अबस्थीत घोडाघोडी ताल समुन्द्र सतह वाट २०५मि उचाईमा तथा विश्व मान चित्रमा हेर्ने हो भने २८डिग्री४१मि ०३ से.उत्तर र ८०डिग्री ५६ मि.४३ से.पुर्व सम्म फैलिएको छ । नेपालको तराई जिल्लाको सबैभन्दा ठुलो प्राकृतिक ताल को रुपमा प्रसिद्ध घोडाघोडी तालको वारेमा स्थानिय बासिन्दाको आ आफ्ना अड्कल र जन विश्वास रहेको पाईन्छ । परापुर्व कालमा यस क्षेत्रमा थारुहरुको बस्ती थियो,एक दिन थारुको मुखीयालाई सपना भएछ , यो बस्ती एक तालमा बिलय हुदैछ भनेर ,नभन्दै भोलिपल्ट भुईचालोको प्रभाववाट पुरै बस्ती एक तालमा परिणत हुन पुग्यो र घोडाघोडी ताल को उत्पती भयो । त्यस्तै भगवान बिष्णु घोडा र को रुप धारण गरी यस ठाउँमा आई प्राकृतीक सौनदर्यताको आनन्द लिई सयर गरेका थिए लामो समय सम्म बिष्णु बैकुण्ठ नफर्किएकाले लक्ष्मीले ध्यानदृष्टी ले हेर्दा यसै ठाउमा आई बसेको थाहा पाएपछी लक्ष्मी पनी घोडीको भेषमा यसै ठाउँमा आई चर्न लागीन केही समय पछी दुबैको भेट ताल परिक्रम गर्ने क्रममा भएकाहुनाले यस ठाँउको नाम घोडाघोडी रहन गएको हो भन्नेहरुपनी छन । जे होस यस क्षेत्र धार्मिक आस्था संग जोडीयको क्षेत्र हो भनेर सहजै भन्न सक्छौ ।समयको अन्तराल पछी योगी नरहरी नाथले यस क्षेत्रमा कोटीहोम लगाई ऐतीहाँसिक तथा धार्मिक महत्व उजागर गरेको पाईन्छ । त्यस पछिका दिनमा बिस्तारै घोडाघोडी क्षेत्रको महत्व फैलीदै गएको पाईन्छ ।पञ्च मुखी घोडाघोडी देवता को मन्दीर महेन्द्र राजमार्ग संग जोडीयको उत्तर पट्टी घोडाघोडी तालसंग अबस्थीत रहेको छ ,जहां घोडा,घोडीका आकृती कुदीएको माटाका मुर्तीहरु राखीएको छ ,थारु समुदायको बिशेष परम्परागत लुहांगी पुजा ले यसको थप महत्व बढाएको छ त्यस्तौ हिन्दुहरुको महान पर्व महाशिव रात्रीका दिन यहां बिशेष पुजा हुन्छ त्यस दिन श्रर्दालु भन्त्तजनको अत्यन्त भिडभाड देख्न सकिल्छ ।
घोडाघोडी क्षेत्रलाई फराकिलो ढंगले अध्यन गरिनेहो भने चुरे क्षेत्र संग जोडीएको जलाधार सहितको प्राकृतीक सम्पदाहरुको संरक्षण तथा सँबर्धनमा ध्यान जान जरुरी छ । सुदुरपञ्चिम बिकास क्षेत्रलाई सधै सौतेलो ब्यवाहारले हेर्ने आरोप राज्यलाई सुदुरपश्चिमेली जनताले लागाईरहदा सिंगो नेपालकै गहनाको रुपमा रहेको घोडाघोडी क्षेत्र बिकासको बिषयमा राष्ट्रिय रुपमा कुनै गुरुयोजना नबनाईनु ले त्यो आरोप लाई पुष्टी गर्छ भन्दा अयुक्त्ती नहोला । देश संगीएतामा गईरहदा ७ नं प्रदेसको आर्थिक प्रगतिको मेरुदण्ड साबित हुन सक्छ घोडाघोडी । यसको उचित संबद्धन र संरक्षण गरी पर्यटकिय गन्तब्यको रुपमा बिकसित गरी बिश्व वजारमा पहिचान भईसकेको यो क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दाहरुको आर्य आजन तथा जिबिकोपार्जन का सवालमा मात्र सिमित नरही समग्र ७ नं प्रदेसको आर्थिक बिकासको आधार बन्न सक्छ घोडाघोडी ।
धार्मिक महत्व बोकेको यस मन्दिरको काखमा अबस्थीत यो ताल हत्केला आकारको छ। घोडाघोडी रामसार क्षेत्र २०५३ हे.क्षेत्रफल मा फैलीएको छ र यसै संग जोडीएका अन्य ताल तथा जलाधार क्षेत्रहरुमा नकरोड,बेतकोट रानीकुण्ड,बेताहान लगाएत १९ वटा ताल तथा जलाधार क्षेत्रहरु रहेका छन ।सन २००३ को अगस्ट १३ मा बिश्व राममिर क्षेत्रमा सुचितृत हुनु बाहेक राज्यको तर्फ वाट हुनुपर्ने अपेक्षाकृत सहयोग हुननसकेको गुनासो स्थानिय बासि तथा वातावरण संरक्षण अभियान्ताहरुको आरोप छ । घोडाघाडीको नाम वाट थुप्प्रै संघ संस्था नजन्मीएका पनी हैनन ,लोकप्रियता कमाई ब्यवसायिक क्रियाकलाप गर्ने ब्यापारिक फर्म देखी बिद्यालय,क्याम्पसहरु तथा नगरपालीकाको नामाकरण समेत घोडाघोडीको नाम वाट गरिएको छ । तर जुन गतिमा यसको विकाश गर्नु पर्नेे,संरक्षण मा चासो देखाउने पर्ने हो तदअनुरुप नभई गुमनाम अबस्थामा छ ।सरोकार वालाहरु कानमा तेल हालेर बसोको देखीन्छ ।पर्यावरणका सवाल मा तथा जैबिक बिधधिताका सवालमा बिश्वकै महत्वपुर्ण मानिएको घोडाघोडी क्षेत्र आझेल मा पर्नु र पारिनु कैलाली बासि तथा सुदुरपश्चिम लाई मात्र हैन समग्र राष्ट्रिको लागी नै दुःखत पक्ष हो । सरकारी निकायबाट आशलाग्दा गरीे बिकास र संरक्षण हुन नसकेपछी स्थानिय संस्थाको रुपमा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च को स्थापना बि.स २०५६ मा भई यस क्षेत्रको दिगो बिकासका लागी बिभिन्न निती नियम बनाई कार्यान्वयनको पक्षमा लागेको देखिन्छ ।बिभिन्न दातृी निकाय तथा आईएनजिओहरु संगको आर्थिक तथा प्राबिधीक सहयोगमा केही कार्य गर्न खाजिएपनी पर्यटकिय गन्तब्यको केन्द्र हुने गरी आर्कषण र दु्रत गतीमा काम हुन सकेन। सुरुवाती चरणमा केही सामान्य काम गरेता पनी संस्थाको आन्तरिक निस्कृयता र तत्कालीन अबस्थामा देशको बिसम बदलिदो परिस्थीतीले मञ्च निष्क्रीय बन्न पुगे पनी पुनः संस्थापक संयोजक दिपेन्द्र शाहीले जनजागरणको नेत्तृत्व लिएपछी भने देखीने गरि घोडाघोडीले संरक्षण र बिकासको अनुभव गर्न पाएको छ हाल मञ्चले घोडाघोडी क्षेत्र सुचनाकेन्द्रको स्थापना गरी स्थानिय भेषभुषा,थारु संस्कृती झल्कने परम्परागत सामाग्री,घोडाघाोडीको पहिचान हुने पुरातात्विक तथा ऐतिहासिक महत्व झल्कने सामाग्री लगाएतका सामाग्री राखी स्थानिय तथा बाह्य पर्यटकलाई आर्कष्ीत गर्ने प्रयास गरेको छ । एकद्धार प्रणलीको अभ्यास नहुदा घोडाघोडीको नाम बेचेर थुप्प्रै संघ संस्थाले आफु खुसी कार्य गर्दा यसको नकारात्मक प्रभाव पर्न थालेको छ जसको फल स्वरुप मापदण्ड बिना गरियको भाौतिक संरचनाको निमार्ण कार्यले घोडाघोडी क्षेत्र कुरुप बन्दै मात्र हैन अनेक एनजिओको मागीखाने भाँडो समेत बनेको छ । तसर्थ एकिकृत योजना मार्फत एकद्धार प्रणाली वाट यसको संरक्षण र सम्बद्धन हुन आवश्यक छ भनी मञ्चले घोडाघोडी बिकास समिती को अवधारणा अगाडी बढाउन पहलकदमि गरेको देखीन्छ तथापी सरोकारवाला निकायहरु मौन छन । कागजि पानाहरुमा घोडाघोडीको बिकास र संसक्षणका सवालमा थुप्रै कामहरु ग्रिएको भएपनी वास्तविकता अजैपनी दहनिय अवस्थावाट माथी उठ्न नसकेको तितो यथार्थ छ ।
घोडाघोडी तालमा बिश्वका दुलर्भ चराहरुको बासस्थान रहेको छ । यस क्षेत्रमा ४५०प्रजातीका बनस्पतीहरु,३१ प्रजातिका माछाहरु, १४८ प्रजातीका चराहरु, ३२ प्रजातीका पुतलीहरु, ११ प्रजातीका घोंघीहरु तथा ७ प्रजातीका घस्रने जन्तुहरु पाईन्छ । जातीसमुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्यदल बनायर स्थानियस्तर वाट आफ्नो बलबुताले भ्याएसम्मको गरिएको छ । ,जैविक बिविधता तथा पर्यावरण संरक्षणका लागी मानविय गतिबिधी नियन्त्रीत गर्नुपर्ने हुन्छ । जुन स्थानियस्तरबाट मात्रै गर्न गाह्रो छ। विश्व सीमसार सुचिमा सुचिकृतक्षेत्र भएकाले स्थानिय निकायले समेत यसलाई हेर्ने छुट्टै मेकानिज्म भएको बताउदै आफ्नो जिम्मेवारी बाट पन्छिएको देखीन्छ । (लेखक घोडाघोडी ताल क्षेत्रका स्थानीय बासिन्दा हुन्)
घोडाघोडी तालमा बिश्वका दुलर्भ चराहरुको बासस्थान रहेको छ । यस क्षेत्रमा ४५०प्रजातीका बनस्पतीहरु,३१ प्रजातिका माछाहरु, १४८ प्रजातीका चराहरु, ३२ प्रजातीका पुतलीहरु, ११ प्रजातीका घोंघीहरु तथा ७ प्रजातीका घस्रने जन्तुहरु पाईन्छ । जातीसमुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्यदल बनायर स्थानियस्तर वाट आफ्नो बलबुताले भ्याएसम्मको गरिएको छ । ,जैविक बिविधता तथा पर्यावरण संरक्षणका लागी मानविय गतिबिधी नियन्त्रीत गर्नुपर्ने हुन्छ । जुन स्थानियस्तरबाट मात्रै गर्न गाह्रो छ। विश्व सीमसार सुचिमा सुचिकृतक्षेत्र भएकाले स्थानिय निकायले समेत यसलाई हेर्ने छुट्टै मेकानिज्म भएको बताउदै आफ्नो जिम्मेवारी बाट पन्छिएको देखीन्छ । (लेखक घोडाघोडी ताल क्षेत्रका स्थानीय बासिन्दा हुन्)
Comments
Post a Comment