Posts

Showing posts from June, 2016

ऐतिहासिक अमरसिंहगढी किल्ला (फोटोहरु)

Image
अमरसिंह गढी , डडेल्धुरा   पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना  सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो । एकीकरणको अभियानबेला विस १९४७ भदौ ३१ गते सेति नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रशासक नियुक्त भएका थिए । अमरसिंह गढी , डडेल्धुरा     तिनै अमरसिंह थापाले आफू नियुक्त भएको वर्ष बनाउन लगाएको ढुंगेकिल्ला डडेलधुरामा अमरगढी किल्लाको रुपमा परिचित छ । यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो । काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको बताइन्छ । अमरसिंह गढी , डडेल्धुरा   अमरसिंह गढी , डडेल्धुरा   अमरसिंह गढी , डडेल्धुरा   अमरसिंह गढी , डडेल्धुरा   अमरसिंह गढी , डडेल्धुरा   अमरसिंह गढी , डडेल्धुरा   ( तस्बिर/शब्द: कान्तिपुर अनलाइनबाट अंगद ढकाल )

Chhaliya nach

Image
Chhaliya nach विवाह व्रतबन्धलगायत अन्य चाडपर्वमा सुदूरपश्चिम भरिनै लोकप्रिय रहेको छलिया नाच लोप हुँदै।

बडिमालिका यात्रा: बाटो, खर्च र समय ?

Image
प्रकृतिसँग नरमाउने मानिस सायदै कम हुन्छन् । त्यसमध्ये हिमाल र बादलभन्दा पनि माथि आफूलाई पाएपछि नरमाउने कुरै भएन । बाजुराको कैलाशमान्डु गाविसमा रहेको बडिमालिका वास्तवमै अनुमप र सुन्दर स्थल  हो ।  बडिमालिका मन्दिर  ठाडो पहाडको बाटो हरेक समय परिरहने सिमसिम पानीमा भिज्दै बडिमालिका क्षेत्रमा पुग्दा पृथ्वीलाई छोडेर सौर्यमण्डलको छुट्टै ग्रहमा पुगेको भान गराउँछ । बडिमालिका क्षेत्र प्रकृतिको हिसाबले धनी हँुदा–हँुदा पनि मानव निर्मित भौतिक सुविधाले पछिपर्दा भने केही खिन्नता महसुस हुन्छ । समुद्री सतहबाट झन्डै ४ हजार ३०० मिटर उचाइमा रहेको बडिमालिका क्षेत्र सुदूरपश्चिमको मात्र सुन्दर क्षेत्र नरहेर नेपालका चर्चित क्षेत्रमध्ये एक हो । अन्य समयमा सुनसान रहने यस क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्थानीयहरू झन्डै १० हजारको हाराहारीमा पूजा गर्नका लागि त्यस क्षेत्रमा जाने गर्छन् । प्राकृतिक छटाले भरिपूर्ण त्यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पनि गतिविधि अगाडि नबढेको यस क्षेत्र पर्यटकीय सम्भावना बोकेको सुन्दर क्षेत्र हो । धार्मिक पर्यटनको विशेष सम्भावना रहेको य

मग्मगाउँदो टिकापुर

Image
फूलैफूलको बगैंचा सहर। जसरी त्यहाँको पार्कमा थरिथरिका फूल फूल्छन्, त्यसैगरी नगरमा विभिन्न जातजाति बसोबास गर्छन। त्यस हिसाबले सिंगो टीकापुर सुन्दर फूलबारी हो। घुम्न लायक गन्तव्य। घुम्ने धेरै चिज छन्। टीकापुरको पहिचान नै पार्क। त्यसबाहेक कर्नाली नदी, थारु बस्ती, बनाना रिसोर्ट, रानी महल, टाउन प्लानिङ आदि हेर्ने कुरा छन्। नजिकै मोहना खोलामा डल्पि्कन डुबुल्कि मार्छन। राम्रा होटल खुलिरहेका थिए। घुमन्ते माझ टीकापुरको मार्केटिङ भैरहेको थियो। पर्यटनको घाम छिप्पिँदै थियो। तर, नसोचेको भयो ७ भदौ ०७२ मा। त्यो दिन टीकापुरमा आन्दोलनकारीबाट प्रहरीका सेती अञ्चल प्रमूख लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र १ बालकको ज्यान गयो। नगर अशान्त बन्यो। लामो समय त्रासमा बाँचे स्थानीय, चाहे ती पहाडे हुन या थारु। आज टीकापुर शान्त छ। तर, त्यहाँ पर्यटक छैनन्। केही दिन अघि गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपालको टोली टीकापुर पुगेको थियो। टोलीमा नाटोका महासचिव अमरबहादुर शाही, पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदी, टानका केन्द्रीय सदस्य संगम शेर्पा पनि थिए। टीकापुर पार्क र बनाना रिसोर्ट घुमेर फर्कियो टोली। रि

प्रकृतिको सुन्दर बगैँचा खप्तड (फोटो फिचर)

Image
प्राकृतिक सौन्दर्यताको खानी हो, खप्तड राष्ट्रिय निकुञ्ज । खप्तडलाई सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको छ ।  बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ । घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो । सुदूरपश्चिमको सबैभन्दा प्रशिद्ध गन्तव्य स्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । चैत बैशाखमा खप्तड गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ । गंगा दशहरा मेला खप्तडको सबैभन्दा आकर्षक पक्ष हो, गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका ९ वटै जिल्लासहित देशभरबाट यहा

गंगा दशहरा मेला - बेहडाबाबा, कैलाली

Image
बेहडाबाबा मन्दिर सुदूरपश्चिम क्षेत्रको मात्रै नभई नेपालकै चर्चित मन्दिर मध्येको एक हो । जहाँ पति तथा पुत्रलाभको विश्वास बोकेर तिर्थालुहरु आउने गर्छन् । सोचेको काम पुरा हुने भएकैले होला,  मन्दिरमा श्रद्धालुहरुको भीड बढिरहेको पाइन्छ ।  बेहड़ाबाबा  मन्दिर, कैलाली  धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरस्थित बेहडाबाबा शिव मन्दिरमा लाग्ने गंगा दशहरा मेलाको तयारी तीब्र पारिएको छ । हजारौं भक्तजनले दर्शन गर्ने बेहडाबाबा मन्दिरमा यसवर्ष असार १ गते (सक्रान्तिका दिन) गंगा दशहरा पूजा परेको छ । तीन दिनसम्म जारी रहने उक्त मेलामा नेपाल र भारतका हजारौं दर्शनार्थी तथा अवलोकनकर्ताहरुको जमघट हुने गर्दछ ।  पवित्र धार्मिक आस्थाको केन्द्र मानिने उक्त मन्दिरमा वर्षेनी लाग्दै आएको मेलाको तयारी तीब्र पारिएको बेहडाबाबा मन्दिर ब्यवस्थापन सेवा समितिले बताएको छ । समितिका अध्यक्ष खेम चन्दका अनुसार मन्दिरको सरसफाई तथा रंग रोगन, बाटो मर्मत सम्भार, खानेपानी र सुरक्षको व्यवस्थापन कार्य तीब्र गतिमा भैरहेका छन् । त्यस्तै मन्दिरमा दर्शन तथा मेला अवलोकनको लागि आउने दर्शनार्थी तथा आगन्तुकहरुलाई सहज रुपम

नियात्रा: आई लभ यु खप्तड

Image
-ड़ा. बद्री चापागाईं,  तराईमा मात्र ड्राइभिङ अनुभव भएको मलाई डडेल्धुरा जाने बाटो चुनौतीपूर्ण लागिरहेको थियो। योभन्दा घुमौरो सडक नेपालमा सायदै होलान्। अत्तरियाबाट एक बजेतिर हिँडेका हामी तीन बजे नै बुडर पुग्यौं। एक घन्टा भोक मारेरै साहुखर्क पुगियो। गाडीबाट ओर्लनै लाग्दा 'बद्री दाइ होइन?' भन्दै कसैले सोध्यो। ट्वीटरको भर्चुअल दुनियाँका इन्जिनियर साप रचन्। धन्न सामाजिक सञ्जाल! 'ल बाजे खीर खाम,' उत्साहित हुँदै तीन प्लेट अर्डर गरेँ। 'खीर त सकिइसक्यो कि!' बाजेले सन्देह मिश्रित जवाफ दिए। सजिलै हिम्मत हार्नेवाला थिइनँ। डेक्ची हेरेँ। पिँधमा अलिअलि रै'छ। वरपर जमेको काँठो कोतर्ने हो भने हामी तीन भाइलाई पुगिहाल्थ्यो! बाजेको नामै खीरबाजे। ४० वर्ष भो रे पसल खोलेको। जोरायल बासमती चामलको खीरमा काजु, किसमिस र नरिवलका टुक्राबाहेक चिरौंजी पनि हाल्छन् रे। खीर र कुराउनीबराबर जस्तो भएको एक एक प्लेट खाजा अमृत भयो। 'भोकालाई खीर' उखान यसै रचेका रहेनछन् बूढापाकाले। साढे पाँच बजे डडेल्धुरा पुगेर पहिलो दिनको यात्रा टुंग्याइयो।  Khaptad National Park (Cr: Kish