वाह ! खप्तड (फोटो फिचर)


काठमाडौंबाट तीन दिनको यात्रामा पुगिन्छ खप्तड । ३ हजार १ सय मिटरको उचाइमा रहेको खप्तड पुग्दाको थकाइ त्यहाँ रहेका २२ वटा पाटनले मेटाउँछन् । यहाँसम्मको यात्रा सजिलो छैन । काठमाडौंबाट धनगढी अनि डडेल्धुरा, बैतडी, हुँदै बझाङको एउटा सानो गाउँ लामातौलासम्म गाडीको यात्रा गर्न दुई दिन लाग्छ ।


लामातौलामा ‘होमस्टे’ सुविधा छ । स्थानीयले खुलेरै स्वागत गर्छन् । त्यहाँबाट जंगलको बाटो, हरियाली र वर्षासँगै देखिने पानी जमेका खेतका गरा र रोपाइँको दृश्य हेर्दै यात्रा अघि बढ्छ । जंगली बाटो भएर दारुगाउँ र लोखाडा हुँदै आठ घन्टा पैदलयात्रामा पुगिन्छ खप्तड ।








पहाडको चुच्चोमा अग्लाअग्ला रूख र त्यसको फेदीमा सुन्दर हराभरा चौर यसको सुन्दरता हो । चौरमा घाँसे मैदान, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी घाँसेफूलले यात्रुलाई प्रकृतिसित एकाकार गराउँछन् ।
 खप्तड क्षेत्र सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, डोटी  र बाजुराको संगमस्थल हो । यहाँ खप्तड बाबाको कुटी, खप्तड दह, त्रिवेणी धाम, नागढुंगा र सहस्रलिङ्ग बाबाको मन्दिरजस्ता चर्चित धार्मिकस्थल छन् । गंगा दशहरा यहाँ लाग्ने यस क्षेत्रकै ठूलो मेला हो । पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि ‘भर्जिन’ छ खप्तड ।


शब्द/तस्बिर: अंगद ढकाल, (कान्तिपुर दैनिकको अनलाइन संस्करणबाट साभार)

Comments

Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी