धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम- ड्रिम फाप्ला

Fapla Cricket Stadium Dhangadhi
सुवास शाही ड्रिम फाप्लाबारे जानकारी गराउंदै
'ड्रिम फाप्ला'का सम्बन्धमा सुदूरपश्चिमका क्रिकेट क्षेत्रको बिकासका एक हस्ती श्री सुवास शाही लेख्नुहुन्छ: 
सिमित भौतिक पुर्वाधारका बावजुद पनि नेपाललाई २०।२० विश्वकपसम्ममा पुर्याउने नेपाली क्रिकेट नेपालको गौरवको खेल बनेको हामी सवैलाई थाहा छ । निकै कम समयमा यति ठुलो फड्को मारेको क्रिकेट खेल छोटो समयमा नेपालको लोकप्रिय र ज्यादै महत्वको खेल बनिसकेको छ । सिमित स्रोत साधनका बावजुद पनि नेपाली क्रिकेटले टी २०।२० विश्वकप खेल्नुलाई अभुतपुर्व मान्न सकिन्छ । यदि नेपालमा पनि राम्रा रंगशाला मात्रै हुने हो र नियमित राष्ट्यि अन्र्तराष्ट्यि अभ्यास हुने हो भने नेपाली क्रिकेटले छिट्टै टेष्ट खेल्ने कुरामा दुई मत हुने छैन । नेपालसँगै विश्वकपको यात्रा थालेको वंगलादेश भौतिक पुर्वाधारको विकास र अभ्यासले टेष्ट नेसनको उपाधीबाट सुसोभित भएकोंंं उदाहरण हाम्रा अघिल्तिर छ । 

नेपालको उत्कुष्ट खेल प्रदर्शनमा सुदूरपश्चिमेली खेलाडीको भूमिका र स्थान महत्वपूर्ण रहेको छ । यहि सुदूर पश्चिमको धनगढीमा केही वर्ष यता हुने गरेका विभिन्न स्तर र क्षमताका क्रिकेट प्रतियोगिताको सफल आयोजनाबाट धनगढीलाई क्रिकेटको शहरको पहिचान दिन हामी सफल भएका छौं । ल्एी को एकमात्र खेलको आयोजना हाम्रो फाप्लामा भव्य सभ्य रुपमा सफलपार्न हामी सफल भयौं । नेपाली क्रिकेटको ताज बनेको SPA CUP हाम्रो एकता, उच्च सफलता र गौरवको विषय बनेको छ । हाम्रो अभूतपूर्व सहकार्य र एकता हाम्रो सफलताको राज हो । त्यसैलेनै धनगढी क्रिकेटको शहरको नामबाट महिमा मन्डित हुन गएकोे छ । यो हाम्रोलागि निकै ठूलो सफलता र गौरब होे भन्ने जस्तो लाग्छ । 
हामी धनगढीलाई क्रिकेटको राजधानी भनि चर्चा गर्छौं , चर्चा भैरहेको सुन्छौं । यसले हाम्रो सामु ठूलो चुनौति ल्याएको छ । हामी सुन्दर भविष्यको छेउमै छौं जस्तो लाग्छ । यो असम्भव छैन, एकदम सम्भव छ । हामीमा केवल सकारात्मक उर्जाको खाँचो छ । यसका लागि अन्र्तराष्ट्यि क्रिकेटको रंगशाला पूर्वसर्त हो । धनगढीको सौभाग्य वा क्रिकेटको सौभाग्य जे भना,ैं सुन्दर, मनमोहक फाप्लामा डिला सैनी वन उपभोक्ता समितिले ६ विघा जग्गा अन्र्तराष्ट्यि क्रिकेट मैदान निर्मानार्थ छुट्याएको छ । यस अवसरमा उक्त समितिलाई म सधन्वाद हार्दिक आभार व्यक्त गर्दछु । हाम्रो आफ्नै जनसंख्या र छिमेकी भारतको जनसंख्यालाई ध्यानमा राख्दै ४० हजार दर्शक क्षमताको ECO FRIENDLY रंगशाला निर्माण हुनुपर्नेमा सबैको ध्यान आकष्कृत गर्न चाहन्छु । मैले यस प्रोजेक्टको नाम DREAM FAPLA राखेको छु । DREAM FAPLA साझा सम्पत्ति हो यो हाम्रो गौरबको आयोजना हुने छ र साझा अभियान ।

यस अभियानलाई अगाडी बढाउन

१. घरदैलो कार्यक्रम संचालन 
२. उद्योगी व्यापारीको सद्भाव र सहयोग 
३. सरकारी गैर संस्थाको योगदान
४. स्थानीय निकायसंग सहकार्य
५. सामाजिक संञ्जाल अभियान 
६. शैक्षिक संस्थाको सहयोग 
७. संचार जगतको महत्वपूर्ण योगदानको अपेक्षा राखेको छु ।

साथै DREAM FAPLA अभियान को नाम दिएर एउटा समिति निर्माणको पहल गरिने छ । जसले 

१. अन्र्तराष्ट्यि स्तरको क्रिकेट रंगशालाको ग्यारन्टी को वा वातावरणको कार्य गर्नेछ ।
२. स्थानीयस्तरमा साधनस्रोत जुटाउने कार्य गर्नेछ । 
३. अन्र्तराष्ट्यि रंगशालाको डिजाइन र स्टिमेट गर्नेकार्य गर्नेछ । 
अव म Hotel Devotee SPA Cup 2015 मा फाप्ला अन्र्तराष्ट्यि क्रिकेट रंगशाला निर्मानार्थ उठेको रकमको विवरणको जानकारी गराउँदछु । 
एसपीए कप २०१५ को टीकट विवरण
रु.२० को टीकट विक्री ९७५० पीस × रु २० प्रति पीस १९५००० । 
रु.३० को टीकट विक्री १०२६२ पीस × रु ३० प्रति पीस ३०७८६० । 
जम्मा टिकट विक्री रु ५,०२,८६०
टोटल टिकट विक्री २००१२ पीस
फाप्ला अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि प्रति टीकट रु ५ का दरले छुटउदा संकलित रकम २००१२ पीस × रु ५ 
रु. १,००,०६० मात्र । 
यो रकम रु. १ लाख ६० DREAM FAPLA अभियानको खातामा जम्मा गरिने जानकारी गराउँदछु ।

अन्तमा Hotel Devotee SPA Cup 2015 लाई भव्य सभ्य र शानदाररुपमा सफल पार्न स्थानीय र राष्ट्यिस्तरका संचारकर्मी साथीहरुले निभाउनु भएको भूमिका अभूतपूर्व रह्रयो । यहाँहरुको साथ र समर्थनको लाथि हार्दिक आभार प्रकट गर्दै विशेषरुपमा हामी सुदूरपश्चिमेलीहरुको गौरव DREAM FAPLA अभियानलाई सपलपार्न मन, बचन, कर्मबाट समर्पित भै लाग्नुहुने विश्वासका साथ विनम्र अनुरोध समेत गर्दछु ।

धन्यवाद 



Popular posts from this blog

Tikapur Park

Gaura festival

धामीझाँक्री, हाम्रो समाज र हामी